नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि, ३ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

पुस २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ४३ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको हो । कारोबारमा आएका २३६ ओटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर ७७ हजार १८३ पटकमा रू. ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मा खरीदविक्री भएको छ । यो दिन ७ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । अघिल्लो कारोबार दिन आइतवार भने ७ अर्ब १० करोडको कारोबार भएको थियो । कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यो दिन मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू.२८५,युनियन हाइड्रोपावरको रू.३८५ दशमलव ३० र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ५०० दशमलव २० पुगेको हो ।  उता यो दिन प्रभु सेलेक्ट फण्डको इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव १७ प्रतिशतले घटेको छ । फण्डको इकाई मूल्य प्रतिइकाई रू. ९ दशमलव १७ मा झरेको हो । त्यसैगरी दोस्रोमा चन्द्रागिरी हिल्सको शेयरमूल्य २ दशमलव ९९ प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ४६० मा झरेको छ । सोमवार सर्वाधिक शेयर खरीदविक्री गोर्खाज फाइनान्स भएको छ । उक्त कम्पनीको रू. २२ करोड ७७ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२९ कायम भएको छ । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. २१ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको १ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६६ प्रतिशत र बैंकिङ समूहको परिसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको छ ।  समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी व्यापार समूहको १ दशमलव ९१ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ७६ प्रतिशत,हाइड्रोपावर समूहको १ दशमलव ३ प्रतिशत,वित्त समूहको ३ दशमलव ३१ प्रतिशले बढेको छ ।  त्यसैगरी निर्जीवन बीमा समूहको १ दशमलव ५२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २३ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ४४ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ४१ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशतका दरले वृद्धि भएको छ । बजारले  गति लिने संकेतहरु आएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता उत्साहित भएका छन् । जसका कारण पनि नेप्से परिसूचक केहिदिन यतादेखि वृद्धि हुँदै गएको हो ।

सम्बन्धित सामग्री

शेयर बजारमा सर्किट, कारोबार रोकियो

काठमाडौ । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । कारोबार सुरु भएको एक घण्टाभित्र चार […] The post शेयर बजारमा सर्किट, कारोबार रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेप्सेमा सकारात्मक सर्किट लागेपछि कारोबार बन्द

काठमाडौँ– नेप्से परिसूचकमा उच्च वृद्धि भएपछि आजका लागि बाँकी समयको कारोबार बन्द गरिएको छ। यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४ दशमलव २५ अङ्क अर्थात पाँच दशमलव […]

नेप्सेमा सकारात्मक सर्किट लागेर आजको कारोबार बन्द

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज मंगलबार बाँकी समयको कारोबार बन्द गरिएको छ। यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका...

४० मिनेको सर्किट ब्रेकपछि खुल्यो नेप्से

नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि दोस्रो बजारमा हुने सम्पूर्ण कारोबारहरू रोक्का भएका थिए । ४० मिनेट सकिएसँगै १ बजेर ४१ मिनेटबाट पुन: कारोबार सुरु भएको हो ।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लागेका छन्। समता घरेलु लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेप्सेमा कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबार रोकिने व्यवस्था छ। १० प्रतिशतको मूल्यृवृद्धिसँगै समताको सेयर मूल्य ६०५ र महिलाको ४१ सय ५८ पुगेको छ।

दुई कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन आज महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा सर्किट लागेको हो। यस क्रममा महिलाको सेयर मूल्य प्रति कित्ता २८४ रूपैयाँ बढेर ३,१२५ पुगेको छ। यस्तै, सिंगटीको सेयर मूल्य प्रति कित्ता ३३ रूपैयाँ बढेर ३६३ रूपैयाँ पुगेको छ।

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]