नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ ले आफूहरु कमजोर भएका कारण नभई विभिन्न आन्दोलनका उपलब्धिलाई जोगाउन गठबन्धन बनाउनु परेको प्रस्ट पारेका छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरुले २०७४ को स्थानीय निर्वाचनमा प्राप्त गरेका सिटमा केही संख्या वृद्धि गर्नका लागि गठबन्धन नबनाएको दाबी गरे ।‘यो गठबन्धन हामी कमजोर छौं र हाम्रा विरोधी भन्दा कमजोर भएका कारण पनि बनाएका होइनौं,’ उनले भने, ‘दशकौँ देखिका जुनसुकै आन्दोलनबाट प्र