उक्त बैठकपछि समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा आजै पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री पदका लागि गरेको समर्थन संसदीय दलका १० सदस्यको हस्ताक्षर र रोहबरमा यही चैत ५ गतेदेखि लागू हुनेगरी फिर्ता लिने निर्णय यस कार्यालयमा पेश भएको व्यहोरा जानकारी गराइएको छ ।