उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले १० फेब्रुअरीबाट मतदान सुरु हुने विधानसभा चुनाव ८० भर्सेस २० को हुने बताएका छन् । एक समाचार च्यानलको कार्यक्रममा उनले भने, ‘८० प्रतिशत समर्थन एकातिर हुने र २० प्रतिशत समर्थन दोस्रो तर्फ हुनेछ । मलाई लाग्छ कि ८० प्रतिशत सकारात्मक ऊर्जाका साथ अघि बढ्नेछ । २० प्रतिशतले सधैँ विरोध गरेका छन्, विरोध गर्नेछन् । तर सत्ता बिजेपीकै आउनेछ ।’योगी आदित्यनाथले थपेका छन्, ‘जो किसान विरोधी हुन्, उनीहरुका विकास विरोधी हुन् । गुण्डा, माफियालाई सा