जापानमा कोरोना भाइरस विरुद्धकाे फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तथ्याङ्क अनुसार जापानमा ५ देखि ११ वर्षसम्मका बालबालिका ८० लाख रहेका छन् । उनीहरूलाई आउँदो मार्चदेखि खोप लगाउन सुरु गरिनेछ ।
फाइजर खोप अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेका हुन् । जापानले १२ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई यसअघि नै खोप उपलब्ध ग...