बिहानको ५ बज्नै लागेको रहेछ ‘नौबिसे, आयो नौबिसे’, ल अगाडि आउनुस् भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु बिहानीपख भएकाले होला झुपुक्क निन्द्रा पर्न लागेको थियो, ब्युँझिहालेँ । बसले नौबिसेमा झारिदियो ।अँध्यारो चिरेर उज्यालो क्रम जारी थियो । त्यसैले चोकै अगाडिको पसलमा चिया खान छिर्यौं । यात्रा पालुङसम्मको थियो, नेपाल जेसिज क्षेत्र ‘ख’ सम्मेलनमा सहभागिताका लागि । नौबिसेबाट पालुङ जान गाडी सहज रूपमा नपाइने रहेछ । साथीहरूको पनि गाडी सहज नपाउने सुझावअनुसार