काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन्।मिश्रले पाण्डेलाई केही दिन पहिले स्पष्टीकरण सोधेका थिए। १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गर्दै पाण्डेले आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन्।भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि नैतिकताका आधारमा आफूले जवाफ दिएको उनले उल्लेख गरेका छन