पहिरोले पाइप बगाउँदा १८० घरधुरीमा खानेपानी समस्या

तनहुँ : अविरल वर्षाका कारण तनहुँका १८० घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ।व्यास नगरपालिका–७ ब्रिफ नरंगाफाँट खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द भएको हो।बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको समितिले जनाएको छ। जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले बताए। त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समि

सम्बन्धित सामग्री

कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

कृष्णनगर- खानेपानी मन्त्री महिन्द्र राय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे ।  कपिलवस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्...

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

सिंहदरबारबाट हर्क साम्पाङको पोस्ट : ‘आइ एम मिसिङ पाइप-पुलिङ एण्ड स्टोन-क्यारिङ’

काठमाडौँ । धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीको पानी धरानमा झार्ने माग लिएर सिंहदरबार आएका धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले सिंहदरबारमा श्रम गर्ने बारेमा प्रश्न गरिहालेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै साम्पाङले भनेका छन्, ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन ?’ आफ्नो पोस्टमा उनले अंग्रेजीमा थपेका छन्, ‘आइ मिस पाइप-पुलिङ एण्ड […]

तनहुँका १८० घरधुरीमा खानेपानी समस्या

तनहुँ – गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो । बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन […]

नेपालगन्जको राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको समस्या दिगो रुपमा समाधान गर्न भन्दै ५ वर्षदेखि राप्ती खानेपानी आयोजना सञ्चालित छ । राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी नेपालगन्ज सहरमा ल्याएर खानेपानी समस्या समाधान गर्ने योजनाअघि बढाइए पनि आयोजना निर्माण कार्यमा ढिलाइ भएको छ ।२ वर्षभित्र सम्पन्न हुने गरी आर्थिक वर्ष २०७३/०७४ सालदेखि सुरु भएको आयोजना पाइप […]

मदानीचौरमा खानेपानी अभाव

सुर्खेत  । पूर्वी सुर्खेतको मदानीचौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घन्टा पालो कुर्नुपर्ने बाध्यता  छ । भेरीगंगा नगरपालिका–१०, मदानीचौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीको सास्ती भोगिरहेका छन् । छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीको एउटै धारा हुँदा दैनिक पाँच घन्टा पालो कुरेर पानीको जोहो गर्नुपर्ने बाध्यता कायमै छ । गाउँमा पिउने पानी अभाव भएको वर्षौं बितिसक्दासमेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । मदानीचौरका करिब डेढ सय घरपरिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । पर्याप्त स्रोत अभावले चैत, वैशाखमा घन्टौं लाइनमा बसेर पानी भर्नुपर्ने मदानीचौरबासीको बाध्यता छ । गाउँलेलाई तिर्खा मेटिने गरी पिउन पानीको जोहो गर्न सकस हुने गरेको छ । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत, वैशाखमा पानीको हाहाकार हुने गरेको गाउँलेको भनाइ छ । चैत, वैशाखमा गाउँको एउटै धारामा दुईदेखि पाँच घन्टा पालो कुरेर पिउने पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताए । ‘मदानीचौर पूरै गाउँका लागि एउटा मात्रै धारो छ,’ उनले भने, ‘अरू बेला त अलि पुग्छ । गर्मी मौसम सुरु हुनेबित्तिकै चार/पाँच घन्टा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।’ नुहाउने, लुगा धुने तथा पशु चौपायालाई खुवाउन पनि त्यही धाराको पानी प्रयोग गर्दै आइरहेको उनले सुनाए । गर्मी मौसम सुरु हुनेबित्तिकै गाउँभरि नै हाहाकार हुने हुँदा प्यास मेटिने गरी पिउने पानीको जुटाउनसमेत गाह्रो हुने स्थानीय टीका रानाले बताइन् । गोर्खा वेलफेयर स्किमको सहयोगबाट आर्थिक ०७२/७३ सालमा करिब १ करोड लागतमा निर्माण गरिएको खानेपानी आयोजनाले केही घरधुरीमा सुविधा पुगे पनि उक्त आयोजना आठ महिनामै अवरुद्ध भएको उनले जानकारी दिइन् । उनका अनुसार आयोजना पुनः सञ्चालनमा ल्याउन समितिले चासो नदेखाउँदा पानीको समस्या कायमै रहेको हो । ‘निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरूले गाउँमा खानेपानी पुर्‍याउने वाचा गर्छन्,’ उनले भनिन्, ‘०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले मदानीचौरबासीलाई खानेपानी आयोजना बनाइदिने वाचा गरे पनि कार्यान्वयन गरेनन् ।’ खानेपानीका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको उनको गुनासो छ । ‘चुनावका बेला सबै नेताले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्न आउँछन्,’ स्थानीय मनमाया सुनारले भनिन्, ‘अघिल्लो पटकको चुनावमा भोट माग्न नगरपालिकामा चुनिने र सांसद पनि आएका थिए । जितेकाको म्याद सकिन लाग्यो भन्छन् । हाम्रोमा खानेपानी कहिले आउने हो ।’ भेरीगंगा नगरपालिका उपप्रमुख रेणु ढकाल अबको डेढ वर्षभित्र मदानीचौर गाउँमा खानेपानी समस्या समाधान हुने दाबी गर्छिन् । ‘मदानीचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भइसकेका छन्,’ उनले भनिन्, ‘निर्माण कम्पनीलाई तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेकाले छिट्टै खानेपानी समस्या समाधान हुन्छ ।’ उपप्रमुखले आयोजना तोकिएकै समयभित्र निर्माण गर्ने दाबी गरे पनि निर्माणमा भइरहेको ढिलासुस्तीसँगै पर्याप्त पानीको स्रोत अभावका कारण तत्कालै गाउँको खानेपानी समस्या समाधान नहुने प्राविधिक बताउँछन् । नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर–घरमा तत्कालै धारा पुग्ने अवस्था छैन  । ‘हाल रिजर्भ ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ,’ उनले भने, ‘मुहानबाट रिजर्भ ट्यांकीमा पानी पुर्‍याउने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत् ट्रान्सफर्मर राख्नुपर्नेछ ।’ उनले नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको बताए । ‘मुहानको पानी ट्यांकीसम्म ल्याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकासँग इलेक्ट्रिकल इन्जिनियरिङसम्बन्धी जनशक्ति नहुँदा थप समस्या भएको छ ।’ उनका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुस्किल देखिन्छ । भेरीगंगा नगरपालिकाले क्रमगत योजनाअन्तर्गत आपधारा लिफ्ट खानेपानी आयोजनामार्फत मदानीचौरसम्म पानी पुर्‍याउन हालसम्म करिब डेढ करोड खर्च गरिसकेको १० नम्बर वडाध्यक्ष काशीराम देवकोटाले बताए ।

नागढुंगा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

कात्तिक २५, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ ।  सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ ।  आयोजनाका अनुसार अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । त्यसबाहेक काठमाडौं जिल्लामा पनि थोरै जग्गा प्राप्ति गर्न बाँकी छ । समस्या भएका ठाउँमा शुक्रवार नै जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर टुङ्ग्याइने उनले बताए । उनले भने, ‘भोलिको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुंगो लगाउनेछ ।’ खत्रीपौवा पहिरामा मात्र समस्या बाँकी रहेको प्रमुख शाक्यले बताए । पहिरोको अध्ययन, डिजाइन गरेर कति जग्गा थप लिनुपर्ने भनी टुङ्ग्उनु पर्ने उनले बताए । ‘स्थानीयवासीले अध्ययन गर्न नदिएकाले जग्गा प्राप्त गर्नुपर्ने वा नपर्ने थाहा भएको छैन’, उनले भने, ‘चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब हुनेछ ।’  जग्गा प्राप्त भइसकेको ठाउँबाट ‘फ्लाइ ओभर’को निर्माण शुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट ‘फ्लाई ओभर’ शुरु भएको प्रमुख शाक्यले बताए । त्रिभुवन राजपथमा जग्गा प्राप्त गर्नुपर्नेमा त्यहाँ पनि टुंगो लागेपछि निर्माण अघि बढाइनेछ ।  उनले भने, ‘अबको बैठकले बाँकी कुरा टुङ्ग्याएमा त्यहाँ पनि निर्माण अघि बढाइनेछ ।’ सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयवासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको छ ।  केही दिनमा नै घर–घरमा पाइप लगिने उनले बताए । आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विच्छाइने बताइएको छ । रासस

तानसेनमा पानी (सम्पादकीय)

अव्यवस्थित बसोवास, वन फडानी, अवैज्ञानिक विकास संरचना निर्माणलगायतका कारण नेपालका कतिपय बस्तीमा पानीको ठूलो समस्या हुने गरेको छ । वर्षायाममा जसोतसो व्यवहार चले पनि हिँउदमा राजधानीलगायतका घनाबस्तीमा खानेपानी समस्या आउने गरेको छ । राजधानी उपत्यकामा मेलम्चीको पानी ल्याएपछि समस्याको दीर्घकालीन समाधान हुने विश्वास छ भने अन्य कतिपय सहरमा यस्ता समस्या समाधानका लागि ठूलो लगानी र समय लाग्ने अवस्था छ । पहाडकी रानी भनिने पाल्पाको तानसेन धोइपखाली त के, खानेपानीकै अभावले छटपटिएको छ । तानसेनको माथिल्लो भागमा पानीको ठूलो स्रोत नभएको, तराई वा उपत्यकामा जस्तो जमिनमुनिबाट पानी निकाल्न नमिल्ने तर बजार विस्तार तीव्र गतिमा हुँदै गरेकाले खानेपानी समस्या विकराल बन्यो । उ जमानाको सीमित जनसङ्ख्यालाई पु¥याएको होलाङ्दी धारा कुवाले धानेन । अन्तिम उपायका रूपमा कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएपछि भने तानसेनवासीको तिर्सना मेटिने विश्वास जागेको छ । आयोजनाको पहिलो चरणअन्तर्गत छ वटा स्टेसनमार्फत एकहजार ४४ मिटर उचाइमा रहेको बतासेडाँडाको ट्याङ्कीमा पानी ल्याइएको छ । छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस पाइप विस्तार, विद्युत् विस्तारका काम पनि सकिएकाले यहाँको पानी प्रतीक्षा लामो हुने छैन । बस्तीको माथिल्लो भागमा पानीको स्रोत नभएपछि लिफ्ट पानी ल्याउनु नै प्रमुख विकल्प हुनेछ । तर यसरी ल्याइएको पानी महँगो मात्र नभई बिजुली वितरणमा हुने अनियमितता तथा पटकपटक बिग्रने कारण धेरै स्थानमा यस्ता आयोजनाको सफलतामा प्रश्न पनि उठाइएका छन् । यस्ता आयोजनाको प्रभावकारी परिचालन र अधिकतम लाभ लिन उपभोक्ताको विशेष सहभागिता र सक्रियता आवश्यक हुन्छ । सङ्घीय सरकारको ९० र स्थानीयको १० प्रतिशत लगानीमा निर्मित करिब ४० करोडको आयोजनाले ५० हजार जनसङ्ख्याको दैनिक ३५ लाख लिटर पानीको आवश्यकता पूर्ति गर्ने बताइएको छ, जसबाट तानसेनको पानीकहर व्यवस्थापन हुनेछ । तर यसलाई उपभोक्ताहरूले आफ्नो आयोजना सम्झेर मर्मत सम्भार, प्राप्त पानीको सदुपयोगमा विशेष ध्यान दिनुपर्छ ।

पाइप बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पाइप बगाएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आउन सकेको छैन ।

धुनीबेशीमा डिपबोरिङबाट खानेपानी

धुनीवेशी नगरपालिका– ४ जीवनपुरमा खानेपानी समस्या भएपछि जमिन प्वाल पारेर खानेपानी निकालिएको छ । जमिन भित्र दुई सय पाँच मिटर गहिरो प्वाल पारेर पाइप राखिएको छ । एक सय पाँच मिटर तल डाइनमो (मोटर) जडान गरिएको छ । जमिनको तहदेखि ६० मिटर भर्टिकल उचाइमा एक सय ७० मिटर पाइप विछ्याइएर ट्यांकीसम्म पु-याइएको कोटकालीका डिपबोरिङ उपभोक्ता समितिका अध्यक्ष केदार रेग्मीले बताए । गत आर्थिक वर्षमा नगरपालिकाको ४४ लाख रुपैयाँ बजेटबाट डिपबोरिङ, पाइप जडान, मोटर जडान, ट्रान्फर्मर जडान गरी विद्युत जोडिएकोमा गरिएको थियो भने चालु आवमा नगरपालिकाकै ३० लाख रुपैयाँ बजेटमा एक लाख लिटर पानी जम्मा गर्न ट्यांकी निर्माण भइरहेको छ ।