बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

सम्बन्धित सामग्री

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेकोे हो ।

सदरमुकाममै खानेपानी समस्या

सदरमुकाम अमरगढी खलङ्गा क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी घटेपछि खानेपानीको हाहाकार नै मच्चिएको हो । जिल्ला सदरमुकाम क्षेत्रमा चैतको दोस्रो सातादेखि खानेपानीको समस्या सुरु भएको थियो । महाभारत पर्वत क्षेत्रबाट ल्याइएको पानीको मुहान नै सुकेपछि खानेपानी समस्या उत्पन्न भएको हो ।

धनकुटाको गोलखाडी, आस्कोटमा खानेपानीको  चरम समस्या

धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका-७ को आस्कोटकी अनिता राई हरेक दिन बिहान ३ बजे उठेर धारामा पुग्छिन्। ३ बजे नगए उनको पालो आउनै समस्या हुने गरेको उनको गुनासो छ।३ बजे उठेर उनलाई डेढ घण्टाको पैदल दूरीमा गएको कुवामा पानी लिन जानु उनको बाध्यता नै हो। खडेरीको समय नआउँदै गाउँमा रहेका पानीका मुहान सुकेपछि खानेपानीको संकट आएको हो।साँगुरीगढी गाउँपालिकाको आस्कोट र गोलखाडीमा वर्षौदेखि खानेपानी समस्या छ। पानीकै समस्याका कारण गोलखाडी, आस्कोट गाउँवरिपरि रहेको पर्याप्त उर्वर भूमि मरुभूमिमा परिणत हुन थालेको

एकातिर खानेपानी अभाव, अर्कातिर बाढीपहिरोको त्रास

म्याग्दी : वर्षाका कारण जताततै पानीको छेलोखेलो भए पनि म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खानेपानीको हाहाकार छ। पहिरो र बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुर्‍याउँदा खानेपानीको हाहाकार भएको हो। असार १६ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइपमा क्षति पुर्याएपछि यहाँका २०८ घर परिवारलाई खानेपानी समस्या भएको बगरफाँट खानेपानी उपभोक्ता समितिका हेरालु हरि कार्कीले जानकारी दिए।गाउँमा रहेका २८ वटा धारामा पानी नआउँदायहाँका बासिन्दा कुवा र ख

गर्मी मौसमसँगै खानेपानी समस्या बढ्दै

सल्यान : कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा खानेपानीको हाहाकार सुरु भएको छ। २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन्।गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखाल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ। अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएका स्थानीय कमला घर्तीले बताइन्। उनका अनुसार एक महिना अघिसम्म भक्काने मूलबाट पानी ल्याउनु परेकोमा अहिले

लिफ्टिङ आयोजनाबाट उजुङका २८४ घरमा खानेपानी सुविधा

१८ पुस, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-१ उजुङमा खानेपानीको समस्या समाधान भएको छ । स्थानीय दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर बस्तीमा पुर्‍याइएपछि २८४ घरको खानेपानी समस्या समाधान भएको हो । पहिले ३-४ गाग्री पानीका लागि दिन बित्ने गरेकामा अहिले धेरै सहज भएको स्थानीय लक्ष्मी कँवरले बताइन् । स्थानीय चुमा कुँवरका अनुसार नजिकका मुहान सुकेपछि पानी […]

लार्फागाउँमा खानेपानी चरम अभाव

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीको चरम अभाव भएको छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् । पलाँताकी अमनी बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ । सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने […]

सडकका कारण बग्यो खानेपानीको मुहान, कोटेलीमा खानेपानी समस्या

डडेल्धुरा : निमार्णाधीन पोखरा–बेलापुर सडकका कारण खानेपानीको मुहान बगेको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ मा पर्ने ‘काटे–४, ५ गैरीजर–उपरकोट–सिन्दुली गाड’ खानेपानी योजना निमार्ण सम्पन्न नहुँदै सडक निर्माणका कारण बगेको हो। खानेपानी डिभिजन कार्यालय डडेल्धुराको पञ्चवर्षीय योजनाअनुसार निमार्ण सम्पन्न भइरहेको योजना बगाएपछि कोटेली गाउँमा फेरि खानेपानीको समस्या भएको स्थानीय रामबहादुर भूलले बताए।  उनले भने,‘बल्ल खानेपानी आएको थियो फेरि बन्द हुँदा गाउँ नै ख...

उनापानीमा खानेपानी समस्या

सिमकोट, ९ जेठ: गत मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ । मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । गाउँ नजिक भएको पानीको मुहान […]

पाइप बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप पहिरोले विभिन्न स्थानमा बगाएको छ । अविरल बर्षाका कारण आएको पहिरोले भुदीखोला मुहान, दोविल्ला र रेशमा पाइप बगाएपछि पिउने पानी आपूर्ति नहुँदा बागलुङ बजारमा खानेपानी समस्या भएको छ । पहिरोले भुदी खोला मुहानमा पाँच, रेश जिरेदीमा नौ र दोविल्लामा तीनवटा जडान गरिएका पाइप बगाएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आउन सकेको छैन ।