तानसेनमा पानी (सम्पादकीय)

अव्यवस्थित बसोवास, वन फडानी, अवैज्ञानिक विकास संरचना निर्माणलगायतका कारण नेपालका कतिपय बस्तीमा पानीको ठूलो समस्या हुने गरेको छ । वर्षायाममा जसोतसो व्यवहार चले पनि हिँउदमा राजधानीलगायतका घनाबस्तीमा खानेपानी समस्या आउने गरेको छ । राजधानी उपत्यकामा मेलम्चीको पानी ल्याएपछि समस्याको दीर्घकालीन समाधान हुने विश्वास छ भने अन्य कतिपय सहरमा यस्ता समस्या समाधानका लागि ठूलो लगानी र समय लाग्ने अवस्था छ । पहाडकी रानी भनिने पाल्पाको तानसेन धोइपखाली त के, खानेपानीकै अभावले छटपटिएको छ । तानसेनको माथिल्लो भागमा पानीको ठूलो स्रोत नभएको, तराई वा उपत्यकामा जस्तो जमिनमुनिबाट पानी निकाल्न नमिल्ने तर बजार विस्तार तीव्र गतिमा हुँदै गरेकाले खानेपानी समस्या विकराल बन्यो । उ जमानाको सीमित जनसङ्ख्यालाई पु¥याएको होलाङ्दी धारा कुवाले धानेन । अन्तिम उपायका रूपमा कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएपछि भने तानसेनवासीको तिर्सना मेटिने विश्वास जागेको छ । आयोजनाको पहिलो चरणअन्तर्गत छ वटा स्टेसनमार्फत एकहजार ४४ मिटर उचाइमा रहेको बतासेडाँडाको ट्याङ्कीमा पानी ल्याइएको छ । छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस पाइप विस्तार, विद्युत् विस्तारका काम पनि सकिएकाले यहाँको पानी प्रतीक्षा लामो हुने छैन । बस्तीको माथिल्लो भागमा पानीको स्रोत नभएपछि लिफ्ट पानी ल्याउनु नै प्रमुख विकल्प हुनेछ । तर यसरी ल्याइएको पानी महँगो मात्र नभई बिजुली वितरणमा हुने अनियमितता तथा पटकपटक बिग्रने कारण धेरै स्थानमा यस्ता आयोजनाको सफलतामा प्रश्न पनि उठाइएका छन् । यस्ता आयोजनाको प्रभावकारी परिचालन र अधिकतम लाभ लिन उपभोक्ताको विशेष सहभागिता र सक्रियता आवश्यक हुन्छ । सङ्घीय सरकारको ९० र स्थानीयको १० प्रतिशत लगानीमा निर्मित करिब ४० करोडको आयोजनाले ५० हजार जनसङ्ख्याको दैनिक ३५ लाख लिटर पानीको आवश्यकता पूर्ति गर्ने बताइएको छ, जसबाट तानसेनको पानीकहर व्यवस्थापन हुनेछ । तर यसलाई उपभोक्ताहरूले आफ्नो आयोजना सम्झेर मर्मत सम्भार, प्राप्त पानीको सदुपयोगमा विशेष ध्यान दिनुपर्छ ।

सम्बन्धित सामग्री

शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पानी पिउने?

दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन। तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ।

शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पानी पिउने?

दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन। तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ।

जताततै पानी तर छैन खानेपानी

यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तै स्थिति छ– वाटर वाटर एभ्रिह्वेयर एन्ड नर अ ड्रप टु ड्रिङ्क (‘पानी पानी जताततै पानी, पिउन एक थोपा छैन’)।...

वीरगञ्जका चापाकलमा पानी सुक्यो, ट्याङ्करबाट टोलटोलमा पानी

वीरगञ्ज : खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ।महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो। महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ। नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए। बिहान ५ः०० देखि राति ८ः०० बजेसम

मेलम्चीको पानी काठमाडौंमा चाँडै आउँदै, सुरुङमा पानी भर्न सुरु

काठमाडौं, १२ मंसिर । काठमाडौं बासीले अब चाडैनै फेरी मेलम्चीको पानी खान पाउने भएका छन् । बाढीको जोखिमले सुरुङको ढोका बन्द गरेको मेलम्ची परियोजनाले आजदेखि सुरुङमा पानी भर्न थालनी गरेको हो । अस्थायी रुपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पठाउनका लागि सिन्धुपाल्चोकको हेर्डवक्र्सबाट सुरुङमा पानी भर्न सुरु गरेको परियोजनाले जनाएको छ । मेलम्चीको पानी काठमाडौंको […]

पानी विनाको पानी ट्याङ्की

बनेपा, १० वैशाख । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–६ कोलातीको दलितबस्तीमा रहेको पानी विनाको पुरानो पानी ट्याङ्की । बर्षौदेखि सो बस्तीमा खानेपानी अभावका कारण तल खोल्सामा रहेको धाराबाट दैनिक एक÷दुई गाग्री पानी ओसारेर जीवन गुजारा गर्दै आएका छन् । तस्वीरः पेमा लामा÷ रासस

सुधा रिसालको चित्रकथा “पानी पानी” प्रकाशित

सुधा रिसालको लेखन र संजीप कँडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। “पानी पानी” दुई मुसा दाजुबहिनीको कथा हो। यस कथामा बहिनी मुसीको समुद्र हेर्ने इच्छापछि दाजु–बहिनी...

पानी पिउने सही समय कुन हो ?

पानी मानव लगायत सम्पूर्ण प्राणीहरुको नभई नहुने तत्व हो । तसर्थ पानी जीवन हो र जीवन सम्भव हुनको लागि पानी अत्यन्तै आवश्यक छ । पानी पिउनु सबैको लागि सामान्य कुरा हो । पानी पिउने पनि एक तरिका र समय हुन्छ ।

देशका धेरै ठाउँमा ठूलो पानी, अबको एक हप्ताभरि नै पानी पर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ । मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान  गरेका छन् । अबको एक हप्ताभरि नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिनभित्रै नेपालमा मनसुन भित्रिने जनाएको छ । आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो । हप्ताको मध्य तथ...

म त पानी भएछु

जुन मूलबाट उत्पन्न भएँ, त्यही मूलमा मिल्न पर्खिरहेछु म त पानी पो भएछु, न स्वर शरीर चिनेछु, म निराकार पानी आकारमा अडेको रहेछु।