काठमाडौँ– सत्तासीन पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। यसअघि आइतबार बिहान पनि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो। बैशाखमा निर्धारित स्थानीय निकाय निर्वाचन धकेल्न प्रयासरत सत्तारुढ गठबन्धनलाई विपक्षी एमालेसँगै कानुनविद्हरुले पनि चुनौती दिइरहेका छन्। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन नसार्न आग्रह गर्दै सातबुँदे पत्र थमाएकी थिइन्। सत्तारुढ गठबन्धन बैठकमा […]