मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु