मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

काठमाडाैँ- मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ। सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो। मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी दण्डजरिवाना असूल […]

सम्बन्धित सामग्री

हेटौँडा उपमहानगरको बजेट संशोधन, राजस्व संकलन बढेपछि २२ करोड बढाइयो बजेट

हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटको आकार वृद्धि गरेको छ ।  चालु आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार रुपैयाँ वृद्धि गरेर दुई अर्ब ९०...

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी  दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३  मोटरसाइकल चालकबाट रु

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्ड जरिवाना गरी उक्त रकम असुल गरिएको हो ।  मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी […]

ट्राफिक प्रहरी कार्यालय पथलैयाद्वारा २२ करोड राजस्व संकलन

कलैया– मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।  मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी […]

महेशपुर भन्सारको राजस्व २२ करोड ३३ लाख : गतवर्ष भन्दा पनि यसवर्ष कम

नवलपरासीको महेशपुर भन्सार कार्यालयले एक वर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैयाँ संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैयाँ संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८,  आयकर तर्फ

वीरगञ्ज भन्सार : ७ महीनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।   चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा ६ महीनामा चार अर्ब राजस्व संकलन

माघ १०, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महीनामा कुल रू. चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रू. चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रू. २२ करोड छ लाख २२ हजार राजस्व कम संकलन भएको हो ।  गएको आवमा सो अवधिमा रू. तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले रू. तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा रू. दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व संकलन गरेको थियो । कार्यालय गएको वर्षको सो अवधिमा संकलन गरेको राजस्वभन्दा रू. २७ करोड ७० लाख ३० हजार राजस्व बढी संकलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए ।  सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए । कार्यालयले संकलित गरेको राजस्वमा आयकर रू. एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर रू. ५० करोड २५ लाख आठ हजार, ब्याजकर रू. पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर रू. एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क रू. एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा रू. ३० हजार र शिक्षा सेवा शुल्क रू. तीन लाख ४६ हजार छन् । संकलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट रू. १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट रू. १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले रू. तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार संकलन भएको कार्यालयले जानकारी दिएको छ । रासस

२१ अर्बभन्दा बढी राजस्व संकलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशत कमी हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो ।सो अवधिमा गत आर्थिक वर्षको भन्दा तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व संकलन गरेको बताएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा संकलित राजस्वमा भन्सार महसुल आयाततर्फ ७ अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ तीन हजार, भन्सार महसुल निर्याततर्फ ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ ९ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ २३ करोड ३० लाख र अन्य २२ करोड ८६ लाख ३६ हजार छन् । रासस

वीरगञ्ज भन्सार कार्यालयद्वारा १ खर्ब ५ अर्ब राजस्व संकलन

माघ ६, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महीनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ  राजस्व संकलन गरेको छ ।            यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ  बढी राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।            कुन शीर्षकमा कति राजस्व ?            चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ  राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार रुपैयाँ  र भन्सार महसुल निर्याततर्फ १ करोड ३२ लाख १९ हजार रुपैयाँ  मात्र राजस्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार रुपैयाँ  र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय वीरगञ्जले बताएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ १४ करोड ६८ लाख ९० हजार रुपैयाँ , स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार रुपैयाँ , कृषिसुधार शुल्कतर्फ  ७३ करोड ६३ लाख ७६ हजार रुपैयाँ , सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ३९ लाख ९५ हजार रुपैयाँ राजस्व र अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।            गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालू आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।             विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । रासस