महेशपुर भन्सारको राजस्व २२ करोड ३३ लाख : गतवर्ष भन्दा पनि यसवर्ष कम

नवलपरासीको महेशपुर भन्सार कार्यालयले एक वर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ ।भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैयाँ संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैयाँ संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८,  आयकर तर्फ