कोभिड संक्रमण बढेसँगै भारतमा उडानका समय मास्क लगाउन अनिवार्य

२६ जेठ, नयाँ दिल्ली । भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन […]

सम्बन्धित सामग्री

सीडीसीबाट न्युयोर्क सिटी लगायतका स्थानमा मास्कको सिफारिस

बढ्दो संख्यामा कोरोना संक्रमण र अस्पतालमा भर्ना हुने दरका कारण अमेरिकामा सीडीसीले न्युयोर्क सिटी, लस एन्जलस लगायतका स्थानमा मास्क अनिवार्य गर्न सिफारिस गरेको छ । यो सँगै कैयन ठूला शहरहरू अब मास्क अनिवार्य गर्ने उपायहरूमा फिर्ता हुने सोचमा छन्। सीडीसीका अनुशार १३ दशमलव ७ प्रतिशत अमेरिकीहरू अहिले उच्च कोभिड संक्रमण भएको समुदायहरूमा बस्छन् । गत […]

पुस २७ देखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय, परीक्षा के हुन्छ ?

शिक्षा मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । हालैका दिनहरूमा कोभिड-१९ को संक्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५सम्म विदा दिने निर्णय मन्त्रालयले गरेको हो । विदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाईदिनुहुन सबै अभिभावकहरूमा मन्त्रालयले अनुरोध गरेको छ । विदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रवन्ध गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयको आज बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार नै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसीको आइतबार बसेको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि अनुसार मन्त्रालयले आज यसबारे सूचना जारी गरेको हो । सीसीएमसीले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् सूचना जारी गर्न सिफारिश गर्ने । विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरुले सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झै आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने निर्णय गरेको थियो ।त्यस्तै सीसीएमसीले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गर्ने निर्णय गरेको थियो।शिक्षा मन्त्रालयको आज बैठकले सीसीएमसीको सिफारिसलाई कार्यन्वयनमा लैजाने निर्णय गरेको हो ।

उपत्यकाको सार्वजनिक यातायातमा कडाई, मास्क नलगाइ यात्रा गरे कारबाही

काठमाडौं । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्र.जि.अ. पराजुलीले बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।