उपत्यकाको सार्वजनिक यातायातमा कडाई, मास्क नलगाइ यात्रा गरे कारबाही

काठमाडौं । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्र.जि.अ. पराजुलीले बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

सम्बन्धित सामग्री

दैलेखमा मास्क लगाउन अटेरी गर्नेलाई कारबाही

जिल्ला प्रहरी कार्यालय दैलेखले पटक–पटक मास्क लगाउन आग्रह गर्दासमेत अटेरी गरी मास्क नलगाउने कारबाहीमा परेका छन् । दैलेख प्रहरीले यही माघ ५ गतेदेखि ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरी कोरोना संक्रमणबाट वच्न मास्क लगाउन चेतावनी दिँदा पनि अटेरी गरी मास्क नलगाउने व्यक्तिहरूलाई कारबाही स्वरुप एक सय जरीवाना गरेको हो ।जिल्ला प्रहरी कार्यालय र नेपाल […]

मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २४ जनालाई कारबाही

'तपाईको मास्क खै' अभियान अन्तर्गत प्रहरीले २४ जनालाई कारबाही गरेको छ। ठूलिभेरी नगरपालिका अन्तर्गत सदरमुकाम दुनै बजारमा मास्क नलगाई हिँड्डुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो।...

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई कारबाही

काठमाडौं, माघ ५ । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल […]

मास्क नलगाइ हिँड्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जि

मास्क नलगाउनेलाई काठमाण्डौ जिल्ला प्रशासनकाे कारबाही, १ सय रुपैयाँ जरिबाना

काठमाण्डाै – मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाण्डौ जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाण्डौको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाण्डौको सुन्धारामा रहेकाे सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका सहाय...

निषेधाज्ञामा मास्क नलगाउने साढे चार लाखलाई कारबाही

काठमाडौं। प्रहरी प्रशासनले निषेधाज्ञा यता मास्क नलगाई हिँडडुल गर्ने साढे चार लाख सर्वसाधारणलाई कारबाही गरेको छ। यसै गरी, प्रहरी प्रशासनले यस अवधिमा दुई लाख एक हजार वटा सवारी साधनलाई समेत कारबाही गरिएको प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएको छ। यस्तै, विगत २४ घण्टामा ११४ सवारी साधन र मास्क नलगाई हिँड्ने ३६४ जनालाई कारबाही गरेको बताइएको छ।

मास्क नलगाउनेमाथि प्रहरीले कारबाही थाल्यो (तस्बिरहरु)

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुमाथि कारबाही थालेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मास्क नलगाइ हिँड्नेलाई नियन्त्रणमा लिइ होल्ड गर्ने गरेको छ । उनीहरुलाई होल्डमा राखेर कोरोनाको बढ्दो महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेबारे सम्झाइ बुझाइ गरेर छाड्ने गरेको छ । प्रहरीले केही दिनयता मास्क लगाएर हिँड्न आग्रह गर्दै अभियान नै चलाउँदै आएकाे छ । मास्क नलगाइ हिँड्ने र प्रहरी अभियानका क्रममा तस्बिरहरु हेर्नुहोस्ः

काठमाडौंमा कडाइ गर्न थालियो, मास्क नलगाउने १३२५ माथि कारबाही

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलिँदै गर्दा काठमाडौंमा मास्क नलागाइ हिँड्नेमाथि कारबाही थालिएको छ । सोमबार मात्रै प्रहरीले मास्क नलगाउने १३२५ जनालाई नियन्त्रणमा लिएर केहीबेर होल्डमा राखेर सम्झाइबुझाइ छाडेको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी  सोमबार बिहान मास्क नलगाई हिँड्ने ३२२ महिला र १००३ पुरुष गरी १३२५ जनालाई केही समय  होल्ड गरी  सम्झाइबु

मास्क नलगाउनेलाई सिन्धुपाल्चोकमा प्रशासनले कारबाही गर्ने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। छिमेकी मुलक भारतमा हाल कोभिड-१९ को प्रकोप बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भइरहेको सन्दर्भमा नेपालमा…