आफूलाई डाक्टरसहित नेपाल प्रहरीको डीएसपी भएको भन्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रसाद ढुंगाना रहेका छन् ।
उनले डीएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी भ्रम सिर्जना गरेको सूचनामा आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनले तारकेश्वरमै भिक्टोरिया फार्मेसी सञ्चालन गर्दै आएको र आफूलाई डाक्टर एके ढुंगाना दावी गर्दै आएका थिए ।
यसबारे थप अनुसन्धान भइरहेको र उनीबाट कोही पीडित भएको भए सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । ...