महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी २५ हजार धरौटीमा रिहा

१४ फागुन, काठमाडौं । रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रहरी वृत्त, स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दले अनलाइनखबरलाई बताइन् । उनका अनुसार, अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका […]

सम्बन्धित सामग्री

शर्मिला वाइबा धरौटीमा रिहा

काठमाडौं– कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो । अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो । महानगरीय प्रहरी वृत […]

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई उच्चअदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो।

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, २८ पुष । उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी धरौटीमा रिहा भएपनि विदेश जान नपाउने आदेश भएको छ । अदालतको यो आदेशसँगै उनी भोलि रिहा […]

पत्रकार राई धरौटीमा रिहा

उदयपुरबाट सञ्चालित आफ्नै स्वामित्वको निगरानी पोष्ट डटकममा ‘ससुरा–बुहारीबीच अनैतिक सम्बन्ध’ शीर्षकमा भिडियो सामग्री प्रशारण गरेको भन्दै साईबरक्राईम गरेको अभियोगमा १३ दिनअघि पक्राउ पक्राउ राई शुक्रबार धरौटीमा रिहा भएका हुन्।...

अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मेयरलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए।...

भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ। कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा…

पोनोग्राफी प्रकरण : राज कुन्द्रा धरौटीमा रिहा

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

भारतीय वामपन्थी कवि वरवर रावलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बम्बई हाईकोर्टले तीन वर्षपछि वामपन्थी कवि तथा लेखक वरवर रावलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । हाईकोर्टले उनलाई सशर्त धरौटीमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्