फेसबूकमा प्रहरी पोशाक लगाएको फोटो राख्ने नक्कली डीएसपी पक्राउ

फेसबूकमा नेपाल प्रहरीको पोशाक लगाएको फोटो राखेर प्रहरी नायव उपरीक्षक (डीएसपी) को परिचय दिँदै आएका व्यक्तिलाई पक्राउ गरिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई  पक्राउ गरेको हो । तारकेश्वर नगरपालिकामा उनले सञ्चालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले नक्कली डीएसपी ढुङ्गानाबाट कोही व्यक्ति पीडित भएमा महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । ढ...