संसद बैठकको कार्यसूचीमा राखियो एमसिसी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता पेश हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो नम्बरमा उक्त सम्झौता पेश गरिनेछ । अर्थमन्त्री जनार्दन शर्माले सो सम्झोता पेश गर्नुहुनेछ । आजको बैठकमा लोक सेवा आयोग विधेयक, २०७५ का […]

सम्बन्धित सामग्री

संसद बैठकको संभावित कार्यसूची सार्वजनिक

काठमाडौं : प्रतिनिधिसभाको आइतबार(भोलि) बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यक्रममा एमसिसीमा छलफल गर्ने कार्यसूची तय गरेको छ। सत्तारुढ दलहरुबीच नै एमसिसीका विषयमा सहमति नभएपछि लगातार दुई पटक सूचना टाँसेर बैठक स्थगित भएको थियो। अमेरिकाले एमसिसी सम्झौता यहि १६ गतेभित्र पास गर्नुपर्ने समयसीमा दिएपछि दलहरु अहिले पनि आन्तरिक र बाह्य छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका घटक नेकपा

संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूचीमा छैन एमसिसी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। बैठकमा एमसिसी टेबुल हुने सम्भावना बढेको छ। तर कार्यसूची भने तय भइसकेको छैन। बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापाकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। बालुवाटारमा बिहान १० बजे बस्ने गठबन्धन बैठकको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिले […]

गठबन्धन बैठकको लाइभ

- बैठकको सुरुमा बोलेका प्रधानमन्त्री शेरबहादुर देउवा अरू दिनको तुलनामा आक्रामक रूपमा प्रस्तुत भए । उनले प्रस्ताव यसरी राखे, ‘शुक्रबारको संसद् बैठकमा एमसिसी टेबुल गरौँ । संसद्मा आ–आफ्ना धारणा राखौँ । १६ फागुनसम्म...

एमसिसी आज पनि संसदमा टेबुल हुन कठिन

शुक्रबार बस्ने संसद् बैठकमा पनि एमसिसी टेबुल हुन कठिन देखिएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी छैन । बैठकअघि ११ बजे सभामुखले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका...

संसदको कार्सूचीमा अटाएन एमसिसी

आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई समावेश गरिएको छैन। कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीलाई कार्यसूचीमा नराखी थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव मात्रलाई...

प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेन एमसिसी

काठमाडौँ । भोलि (बुधबार )बस्न लागेको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसिसी) राखिएको छैन । प्रधानमन्त्री र कानूनमन्त्री लगायतले भोलि एमसिसी टेबुल गर्ने बताइरहेको भए पनि सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा भने एमसिसी राखिएको छैन । नेपाली काँग्रेसको आज (मंगलबार) बसेको संसदीय दलको बैठकले नाफा घाटा नहेरी काँग्रेसले […]

संसदको कार्यसूचीमा परेन एमसिसी

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको...

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक , कार्यसूचीमा परेन एमसिसी

काठमाडौँ । भोलि (बुधबार) बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सङ्घीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसिसी भने राखिएको छैन । भोलिको बैठकमा एमसिसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ ।

संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। माघ २६ गते बुधबारका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ। साथै सभामुखले नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य ७८ वर्षीय जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने चर्चा भए पनि संभावित कार्यसूचीमा राखिएको छैन।

एमसिसी बोर्ड बैठकको निर्णय : नेपाललाई अझै पर्खिने

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठकले एमसिसी सम्झौता संसद्बाट पारित गर्ने नेपाल सरकारको प्रतिबद्धता रहेको निष्कर्षसहित अझै पर्खिने निष्कर्ष निकालेको छ । भर्चुअल माध्यमबाट मंगलबार (२८ मंसिर) बसेको बैठकका...