संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूचीमा छैन एमसिसी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। बैठकमा एमसिसी टेबुल हुने सम्भावना बढेको छ। तर कार्यसूची भने तय भइसकेको छैन। बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापाकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। बालुवाटारमा बिहान १० बजे बस्ने गठबन्धन बैठकको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिले […]