सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ ।सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश १ ले दिएको १५