एनएचपीसीले सुनकोशी हाइड्रोपावर गाभ्ने

काठमाडौं (अस) । नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) ले सुनकोशी हाइड्रोपवार लिमिटेडलाई गाभ्ने (एक्वाएर) गर्ने भएको छ । सुनकोशी हाइड्रो पावर लिमिटेडमा एनएचपीसीकै बढी शेयर स्वामित्व छ, त्यसलाई अहिले आएर एनएचपीसीले मर्ज गर्न लागेको हो । एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले सुनकोशी हाइड्रापावर लिमिटेडलाई गाभ्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । यसका लागि दुवै कम्पनीले मर्जर कमिटी पनि बनाएको उनको भनाइ छ । उक्त कम्पनीमा एनएचपीसीको ९७ प्रतिशतभन्दा बढी शेयर स्वामित्व छ । यसअघि साढे ४ मेगावाटको तल्लो इन्द्रावती बनाउनका लागि उक्त कम्पनी स्थापना गरिएको थियो । तर, बीचमा प्राविधिक समस्याकाका कारण त्यस आयोजनाको लाइसेन्स खोसिएको थियो । अहिले त्यो आयोजनाको लाइसेन्स एनएचपीसीले पाइसकेको छ । अहिले सुनकोशीसँग कुनै पनि आयोजनाको लाइसेन्स छैन । त्यसैले त्यसलाई एनएचपपीसीमा नै गाभ्न लागिएको पाण्डेको भनाइ छ । ‘अहिले सुनकोशीसँग कुनै पनि आयोजना छैन । कम्पनी रहनु नरहनुको नै अर्थ थिएन । त्यसैले त्यसलाई एनएचपीसीमै गाभ्न लागेका हौं,’ उनले भने, ‘यसले प्रशासनिक खर्च कम हुने अपेक्षा छ ।’ माघ मसान्तभित्र मर्जर प्रक्रिया पुरा हुने उनको भनाइ छ । ‘अब आन्तरिक तयारी पूरा भएपछि साधारणसभा गरेर गाभ्ने प्रक्रिया टुङ्गोमा पुर्‍याउछौं,’ उनले बताए । कम्पनीले सुनकोशी हाइड्रोमा यसअघि गरेको लगानी रकम ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक पनि भइसकेको छ । त्यो रकम कम्पनीले बोनस शेयरको रूपमा शेयरधनीलाई वितरण गर्दै छ । आउँदो साधारण सभाबाट शेयरधनीलाई २० प्रतिशतसम्म बोनस शेयर दिइने पाण्डेले बताए । तल्लो इन्द्रावतीको लाइसेन्स खोसिएपछि कम्पनीले त्यहाँ गरेको लगानी डुब्ने अवस्थामा पुगेको थियो । कम्पनीले सो बराबरको रकम नै प्रोभिजनिङ गरेको थियो । अहिले एनएचपीसीले उक्त आयोजनाको लाइसेन्स पाएपछि सो रकम राइट ब्याक भएको हो । अहिले कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ३९ करोडभन्दा बढी छ ।

सम्बन्धित सामग्री

नेशनल हाइड्रोपावरको थप हुन आएको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधवार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको हो । कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आज सूचीकृत भएको उक्त शेयर भोलि (बिहीबार)देखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनीले शुक्रवारदेखि ५० % हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (शुक्रवार) देखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।  कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण पनि कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ । कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो ईन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र सरकारले रद्द गरेको छ । सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।

नेशनल हाइड्रोपावरको १९.५ % लाभांश र ५० % हकप्रदको प्रस्ताव पारित

चैत १२, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५ औं वार्षिक साधारण सभा चैत ११ गते शुक्रवार सम्पन्न भएको छ ।  यसअघि फागुन ३० गते बोलाइएको उक्त सभा गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको थियो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।   साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो ।  यी प्रस्तावहरुसँगै सभामार्फत सात जना सञ्चालकहरु सर्वसम्मत चयन भएका छन् । कम्पनीका अनुसार सात सञ्चालकहरुमा कुमार पाण्डे, अतेन्द्र श्रेष्ठ, कञ्चन प्रकाश पाण्डे, नवराज नेपाल, बिश्वेश्वर सुबेदी, सोमनाथ सापकोटा र शुसिला कुमारी शर्मा रहेका छन् । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले यस अघि फागुन १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने १९ दशमलव ५ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

गणपूरक संख्या नपुगेर स्थगित भएको नेशनल हाइड्रोपावरको २५औं साधारण सभा आज

चैत ११, काठमडौं । नेशनल हाइड्रोपावरको २५ औं वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । यस अघि कम्पनीले उक्त साधारण सभा फागुन ३० गतेलाई बोलाएकोमा सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो ।  सभा शुक्रवार डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा दिउँसो १ बजे शुरु हुनेछ ।  सभाले १८ दशमलव ५२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीले प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता हुने गरी प्राप्ति हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

चैत १६ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्दै बलेफी हाइड्रोपावर

चैत ८, काठमडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।  पहिलो चरणमा आयोजना प्रभावित स्थानिका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँट गरेको हो ।  स्थानीयको कुल कित्ता शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि बाँडफाँट गरिएको कम्पनीको भनाइ छ ।  अब सर्वसाधारणका लागि पनि प्रतिशेयर रू. १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।  यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्रीमा आउन लागेको हो ।  यो आईपीओ खरीदका लागि छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत २१ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहने देखिन्छ ।  उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको संस्थापकहरुबाट चुक्ता भएकोपूँजी ८० प्रतिशत पूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणमा १० प्रतिशत आईपीओ विक्री पछि यो पूँजी रू. १ अर्ब ८२ करोड ७९ लाख ७० हजार कायम हुनेछ ।  कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ६४ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ९ करोड ३० लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

नेशनल हाइड्रोपावरले पुनः आह्वान गर्‍यो २५ औं वार्षिक साधारण सभा

चैत १, काठमडौं । नेशनल हाइड्रोपावर कम्पनीले पुनः २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यस अघि कम्पनीले उक्त साधारण सभा फागुन ३० गतेलाई बोलाएकोमा सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो ।  कम्पनीले पुन : मंगलवार एक सूचना प्रकाशित गरी उक्त सभा चैत ११ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने जानकारी दिएको छ ।  सभाले १८ दशलमव ५२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीले प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता हुने गरी प्राप्ति हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कोरम नपुगेपछि नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित

फागुन ३०, काठमाडौं । नेशनल  हाइड्रोपावर कम्पनीको साधारण सभा कोरम नपुगेपछि स्थगित भएको छ ।  कम्पनीले सोमवार आयोजना गरेको साधारण सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको हो । गणपुरक संख्या नपुगेपछि साधारण सभा रोकिएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले जानकारी दिएका छन् ।  कम्पनीले सञ्चालक समितिमार्फत १८ दशलमव ५२ प्रतिशत बोनस शेयर र  शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने योजना बनाएको थियो । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि थियो । त्यसैगरी अन्य प्रस्तावमा नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने रहेको छ ।

नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन १२, काठमाडौं । नेशनल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले काठमाडौं नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभाले लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।  कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सात जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

एनएचपीसीले सुनकोशी हाइड्रोपावर गाभ्ने

नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) ले सुनकोशी हाइड्रोपवार लिमिटेडलाई गाभ्ने (एक्वाएर) गर्ने भएको छ । सुनकोशी हाइड्रो पावर लिमिटेडमा एनएचपीसीकै बढी शेयर स्वामित्व छ, त्यसलाई अहिले आएर एनएचपीसीले मर्ज गर्न लागेको हो । एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले सुनकोशी हाइड्रापावर लिमिटेडलाई गाभ्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । यसका लागि दुवै कम्पनीले मर्जर कमिटी पनि बनाएको उनको भनाइ छ । उक्त कम्पनीमा एनएचपीसीको ९७ प्रतिशतभन्दा बढी शेयर स्वामित्व छ । यसअघि साढे ४ मेगावाटको तल्लो इन्द्रावती बनाउनका लागि उक्त कम्पनी स्थ...