नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। त्यसअघि निर्धारित समय र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएको थियो। लियोनल मेस्सीको पासमा नहुएल मोलिनाले खेलको ३५…

सम्बन्धित सामग्री

उरुग्वेमथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

२७ कात्तिक, काठमाडौं । विश्वकप छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि संघर्षपूर्ण जित पारेको छ । शनिबार विहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले हराएको हो । उसको जितमा एन्जल डि मारियाले सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अर्जेन्टिनाका लिओनल मेस्सी अन्तिम १५ मिनेट मात्र खेलेका थिए । जितसँगै १२ खेलबाट २८ अंक बनाएको अर्जेन्टिना […]

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । ब्राजिलले पेरुमाथि संघर्षपूर्ण १–० को जित निकाल्दै कोपा अमेरिकाको फाइनलमा पुगेको हो । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।

पाराग्वेविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेको छ । मंगलबार बिहान ब्राजिलको इस्टेडीओ नेसनल डी ब्रासीलिया मैदानमा भएको समूह चरणको खेलमा अर्जेन्टिना पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको पहिलो जित

रियो दि जेनेरियो, (एजेन्सी) ।  ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । समूहचरणअन्तर्गत यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीविरुद्ध खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको लागि खेलको १३औं मिनेटमा […]