रियो दि जेनेरियो, (एजेन्सी) । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । समूहचरणअन्तर्गत यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीविरुद्ध खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको लागि खेलको १३औं मिनेटमा […]