ओलीको सत्तारोहण केही दिन लम्बिने

कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी ओलीको सत्तारोहण केही दिन

सम्बन्धित सामग्री

जनमत पार्टीको सत्ता यात्रा केही दिन पर

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय खाली गराउन नसक्दा जनमत पार्टीको सत्तारोहण धकेलिएको छ । करिब साताअघि प्रधानमन्त्री निवासमा भएको गठबन्धन दलको बैठकमा जनमतलाई सरकारमा फर्काउने सहमति भएको थियो । प्रधानमन्त्री दाहाल बुधबार पत्नी शोकमा परेपछि जनमतको सत्ता यात्रा थप टाढिएको छ ।

यसरी बित्याे सरकारको सय दिन

काठमाडाैं । अन्तिम पटकको प्रधानमन्त्री काललाई ऐतिहासिक बनाउने संकल्प लिएर तेस्रो पटक मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीमा सत्तारोहण गर्नुभएका पुप्पकमल दाहाल नेतृत्वको सरकारको महत्वपूर्ण समय सरकार टिकाउने दाउपेच, उधारो आश्वासन, उद्घाटन र रिबन काट्ने काममै बित्ने गरेको छ । सातपटक पुनर्गठन गर्दा समेत सरकारको पूर्णाकार पाउन नसकेको दृश्यले सरकारको कार्यशैली भ्यागुताको धार्नी बन्ने जोखिम बढ्दै गएको […]

तीन दलका उपनेता लिएर पाण्डे बने मुख्यमन्त्री

रोशन पराजुली, हेटौंडा । नयाँ राजनीतिक दलका रूपमा निर्वाचन आयोगबाट मान्यता पाएको ६५ दिनमा नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएको छ । समाजवादीको यो पहिलो प्रदेश सत्तारोहण हो । ७१ दिन प्रदेश सरकारको जिम्मेवारी निर्वाह गरेकी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई बहिगर्मन गर्दै नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बिहीबार […]

४४ महिना २१ दिनपछि वाग्मतीमा कांग्रेसको सत्तारोहण

प्रदेश सरकार गठन भएको ४४ महिना २१ दिनपछि नेपाली कांग्रेस वाग्मती प्रदेशको सत्तामा पुग्दैछ । प्रदेश सरकार स्थापनाको समयमा २१ मत बोकेको कांग्रेस विपक्षी दलको भूमिकामा ३ वर्ष ८ महिना २१ दिन बिताएको थियो ।

मन्त्रिमण्डल विस्तारमा कसले छेक्यो देउवालाई ?

सत्तारोहण गरेको चार साता बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुमा सत्तारुढ दलका नेताहरु एकले अर्कालाई देखाउँदै पन्छिने गरेका छन् ।  सर्वोच्च अदालतको आदेशबाट गत असार २९ काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन काँग्रेसबाट दुई र माओवादीका दुईजना नेतालाई समेटेर ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका देउवाले त्यसको एक सातामा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।साउ

ट्रम्प समर्थक सांसद्हरूको यो अन्तिम प्रयासले रोक्ला बाइडेनको सत्तारोहण ?

काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटका सांसदहरूको एउटा समूहले निर्वाचनमा धाँधली भएको भनिएका मतका विषयमा अनुसन्धान गर्न आयोग नबनाउँदासम्म जो बाइडनको जितलाई प्रमाणित नगर्ने बताएका छन् । सिनेटका सांसद र सांसद-निर्वाचित भएका ११ जनाको उक्त समूहको नेतृत्व टेड क्रुजले गरेका छन् । उनीहरूले अपुष्ट ती आरोपबारे जाँच गर्न १० दिन पर्खनुपर्ने माग राखेका बीबीसीले जनाएको छ । यसअघि नतिजा उल्टाउने प्रयास स्वरूप रिपब्लिकन सांसद् लुई गोमर्टले उपराष्ट्रपतिका अधिकार बढाउन दायर गरेको मुद्दालाई टेक्ससका न्यायाधीशले अस्वीकार गरिदिएका थिए । गोमर्टले जनवरी ६ मा कङ्ग्रेसले इलेक्ट्रोरल मतलाई प्रमाणित गर्ने समयमा केही मतलाई अस्वीकार गर्ने अधिकार उपराष्ट्रपति माइक पेन्सलाई दिनुपर्ने माग गरिएको थियो । जनवरी ६ मा हुने एउटा मतदानमा अधिकांश सांसद्हरूले बाइडनको जित स्वीकार्ने गरी मतदान गर्ने अपेक्षा गरिएको बेला त्यस्तो कदम सफल हुने ठानिएको छैन । डेमोक्र्याटहरूको बाहुल्य रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सका केही रिपब्लिकन सांसद्हरूले समेत चुनावी नतिजाको विरोध गर्ने तयारी गरिरहेका छन् ।राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् र उनले बारम्बार कुनै प्रमाण नदेखाइकनै धाँधली भएको आरोप लगाएका छन् । चुनावी नतिजा उल्टाउने ट्रम्पको कानुनी प्रयासलाई धेरैतिर अदालतले अस्वीकार गरिदिएको छ । त्यसमध्ये ट्रम्पको उल्लेख्य जित भनेको पेन्सिल्भेनिया राज्यमा हुलाकबाट आएका थोरै मतका विषयमा मात्र भएको छ । जहाँ बाइडनले सन् २०२० मा भएको चुनाव जितेका छन् राष्ट्रपतीय चुनावको नतिजालाई स्वीकृत गर्ने अमेरिकी इलेक्ट्रोरल कलेजले गत महिना बाइडनले ३०६ का विरुद्ध २३२ मतले जितेको नतिजा दिएको थियो । विभिन्न राज्यहरूमा हुने जितसँगै ती राज्यहरूसँग हुने इलेक्ट्रोरल मतका आधारमा त्यस्तो मतदान हुने गर्छ । जुन मतलाई अमेरिकी संसद् कङ्ग्रेसले जनवरी ६ मा प्रमाणित गर्नुपर्छ । जनवरी २० मा डेमोक्र्याटिक पार्टीका तर्फबाट चुनाव जितेका नयाँ राष्ट्रपति र उपराष्ट्रपतिले पदभार सम्हाल्छन् । दुवै सदनमा बहुमत मतले मात्र इलेक्ट्रोरल मतलाई अस्वीकार गर्न सक्छ ।

प्रदेशको १ को अंकगणित : मुख्यमन्त्रीलाई २४ दिन समय !

१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ । ०७४ फागुन ३ गते दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री …

सुशासनमा कमजोर सय दिन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चौथोपटक सत्तारोहण गरेको सय दिन पुगेको छ । मधुमास भनिने यो अवधिमा सरकारको कामकारबाहीलाई लिएर खासै टीकाटिप्पणी नगर्ने परिपाटी भए पनि उनलाई मधुमासको छुट थिएन ।