सत्तारोहण गरेको चार साता बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुमा सत्तारुढ दलका नेताहरु एकले अर्कालाई देखाउँदै पन्छिने गरेका छन् । सर्वोच्च अदालतको आदेशबाट गत असार २९ काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन काँग्रेसबाट दुई र माओवादीका दुईजना नेतालाई समेटेर ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका देउवाले त्यसको एक सातामा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।साउ