पर्दामा ‘ड्रामा क्विन’ देखिने राखीले वास्तविक जीवनमा भाेगेकी छन् यस्ता दु:ख

भारतीय मनाेरञ्जन क्षेत्रमा चर्चित नाम हाे- राखी सावन्त। पर्दामा नाटकीय शैलीमा प्रस्तुत हुने उनै सावन्तले आफ्नाे वास्तविक जीवनमा भने अनेकन दु:ख र कष्ट भाेगेकाे बताउँछिन्। उनले हालै भारतकाे एक मिडियामा अन्तर्वार्ताकाे क्रममा रियल लाइफमा प्रस्तुत भएकाे जस्ताे आफ्नाे रिल लाइफ नभएकाे भन्दै दु:ख व्यक्त गरेकी छन्। हुन त याे उनकाे मात्र हाेइन। प्राय: हरेक मानिसकाे […]

सम्बन्धित सामग्री

पर्दापछाडिको आवाज, जसले सुनाउँछन् ‘विश्वघटना’

काठमाडौं : समाज, संस्कार, धर्म, संस्कृति, भूगोल, ब्रम्हाण्ड, विज्ञान...।संसारमा एउटा मान्छेले जान्नुपर्ने विषयहरू केके हुन्? कति विषयहरू जान्दा एकबारको जुनी धन्य हुन्छ? कहिल्यै सोच्नुभएको छ?कसैले एक बसाइमा सुनाएको थियो, 'हरेक मान्छेले आफूलाई कति ज्ञान आवश्यक पर्छ जान्न जरूरी छ। नत्र मस्तिष्कले दु:ख पाउँछ।'आफूलाई कति ज्ञान आवश्यक पर्छ कसरी थाहा पाउने? वर्तमानमा सामान्य लागेका विषय भविष्यमा ठूलो अर्थ राखिदिन सक्छ। कति विषयहरू यस्ता हुन्छन् जसको गाम्भीर्यता र महत्व जीवनका विभिन्न काल अवस्था

आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

अनुहारमा असामान्य रुपमा मासुको डल्लो, कोठी र मुसा देखिंदा त्यसले कुनै दु:ख नदिएसम्म खासै वास्ता गरिंदैन । तर बेवास्ता गरिने यस्ता समस्याले कालान्तरमा ठूलै समस्या निम्त्याउन सक्छ । हेर्दा सामान्य लाग्ने आँखाको वरपर देखिने एक समस्या हो जान्थेलाज्मा । जान्थेलाज्मा भनेको आँखाको ढकनीको वरपर र नाकतर्फ आँखाको कुनामा आउने पहेंलो वा सेतो डल्लो हो । […]

कौशीमा युवाको चिन्तन र गन्थनमन्थन

कहिलेकाहीँ यस्तो कल्पना गर्नुभएको छ ? जस्तै कछुवा उडेको । संसार ध्वस्त हुँदा तपाईं मात्र बाँचेको ! पखेटा लगाएर संसार घुम्न निस्केको । तपाईं निदाउँदा कोठा जलमग्न भएको । जीवनको कुनै मोडमा पक्कै तपाईंले यस्ता खालका कल्पना गर्नुभयो होला । यस्ता कल्पनाले हामीलाई वास्तविकताभन्दा पर लैजान्छन् । एकै क्षणलाई सही, वर्तमानका दु:ख, पीडा भुलाएर तिलस्मी संसार पुर्‍याउँछन् ।

नयाँ नयाँ सीप सिक्न चाहनुहुन्छ ? यस्ता छन् उपयोगी तीन अनलाइन लर्निङ प्लेटफर्म

सामान्यता अध्ययन भन्नाले सिक्ने वा पढ्ने कुरालाई जनाउँछ । वर्तमान समय विज्ञान र प्रविधिको हो । परम्परागत कालमा मानिसहरु विभिन्न माध्यमहरुबाट दु:ख गरेर सिक्ने गर्दथे ।  हामी पनि पढ्न विद्यालय वा अन्य शैक्षिक सस्थाहरुमा जाने गर्छौ तर समयको परिवर्तन संगसंगै शिक्षाको उदेश्य, शिक्षण विधि, शिक्षण प्रक्रिया, शिक्षण सिकाई प्रक्रियाहरु, मूल्यांकनका साधनहरु पनि आधुनिक, परिस्कृत...

जब मनोजले आमाकै अघि आमा बनेर दर्शक रुवाए

जब उनले आमाको कथामा शिल्प भरेर आमालाई नै सुनाए, इन्द्रमाया भक्कानिइन् । ‘यस्ता दु:ख त अझै धेरै छन्,’ आमाले रुँदै थप सुनाइन् ।

आगामी वर्षको बजेट : यस्ता छन् नागरिकका सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट निर्माणको अन्तिम तयारी गरिरहँदा नागरिक स्तरबाट विभिन्न सुझाव आएका छन् । नेपालको बजेट निर्माणको इतिहासमै पहिलोपटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले बताएको छ । हरेक वर्षको जेठ १५ गते संघीय संसद्मा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि सरकारी तजबिजमा बजेट निर्माण हुँदै आएकोमा यसपालि मन्त्रालयले सर्वसाधारण नागरिकबाट समेत सुझाव संकलन गरेको छ । अर्थले पैसा नलाग्ने टेलिफोन नम्बर ११३८ को व्यवस्था गरी नागरिकबाट सुझाव संकलन गरेको हो । उक्त नम्बरमा प्राप्त केही महत्त्वपूर्ण सुझावले सरकारलाई मार्गनिर्देश गरेको मन्त्रालयको भनाइ छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा नागरिकको सहभागिता रहोस् भन्ने ध्येयले सुझाव मागिएको बताए । नागरिकले सार्वजनिक जग्गा, स्थानीयदेखि केन्द्रीयस्तरका सडक दायाँबायाँ किनारामा हावापानीअनुसारको स्थानीय फलफूलको बिरुवा रोप्ने कार्यलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । फलफूल आयातमा ठूलो रकम हरेक वर्ष विदेशिने गरेका सन्दर्भमा देशभित्रै फलफूल उत्पादनमा आत्मनिर्भर बन्न बजेटमा यस्तो व्यवस्था गर्नुपर्ने सर्वसाधारणको बुझाइ छ । किसानलाई रासायनिक मल, बीउ तथा कीटनाशक औषधिको उचित प्रबन्ध गर्न तथा स्थानीय र रैथाने खाद्यबालीको बीउको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । खेतीपातीको समयमा मल बीउको अभाव हुँदा किसानले दु:ख पाइरहेको अवस्था अन्त्य गर्ने किसिमको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । कृषि, फलफूल व्यवसाय गर्नेलाई सजिलै पाउने गरी ऋण र अनुदानको प्रबन्ध गर्न, बजेटमा साना किसानलाई समेट्न, देशभित्रै उत्पादन बढाउन र आयात घटाउन भौगोलिक क्षेत्रअनुसार उत्पादन हुने वस्तुलाई पकेट क्षेत्र घोषणा गरी बजेट विनियोजन दिनुपर्ने माग सर्वसाधारणको छ । देशभित्रका प्राकृतिक स्रोतसाधन जल, जमीन जंगल, जडीबुटी एवं जनशक्तिको पूर्ण सदुपयोग हुने गरी बजेट ल्याउन नागरिकले सुझाएको अर्थले बताएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमबाट बाटोको झार उखेलेर र भ्यू टावर बनाएर अर्थतन्त्र सुधार नहुने भन्दै बेलकोटगढी नुवाकोटबाट प्राप्त सुझावमा भनिएको छ, ‘सरकारको बजेटले रोजगारी सृजना र उत्पादनमूलक उद्योगको विकासमा ध्यान दिनुपर्छ ।’ प्रत्येक पालिकाले सहुलियतमा प्रत्येक परिवारलाई एउटा इन्डक्सन चूल्हो दिनुपर्नेमा जोड दिइएको छ । ‘विदेशी ग्यास छाडौं, स्वदेशी बिजुली प्रयोग गरौं’ भन्ने सरकारको कार्यक्रमलाई सफल बनाउन पालिका नै सक्रिय हुनुपर्ने सुझाव प्राप्त भएको छ । सरकारले हरेक वर्ष २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरिरहेको सन्दर्भमा त्यसलाई क्रमश: घटाउन पनि आयातित ग्यासको खपत कम गर्दै जानुपर्नेमा नागरिकले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न भन्सार र कर छूट दिनुपर्ने सुझाव पनि प्राप्त भएको छ । पेट्रोलियम इन्धनका कारण वातावरणीय संकट बढेकाले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा जोड दिन नागरिकले सरकारलाई आग्रह गरेको अर्थ मन्त्रालयको भनाइ छ । ऋण लिएका व्यक्तिलाई आयकरमा छूट दिनुपर्ने, घरबहाल कर तिर्ने र नतिर्नेका बीचमा केही फरक हुनुपर्ने माग पनि छ । कर तिर्ने र नतिर्नेबीच फरक देखाउन स्वास्थ्य वा विद्युत् महसुलमा सहुलियत दिन भनिएको छ । यस्तो व्यवस्थाले बहाल कर तिर्नेको संख्या बढ्ने सम्भावना औंल्याइएको छ । चल्तीमा रहेका ५०० र हजार दरका नोटमा प्रतिबन्ध लगाएर नयाँ प्रचलनमा ल्याउन पनि नागरिकले सुझाएका छन् । यसो गर्दा आर्थिक अराजकता र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनीहरूको बुझाइ छन् । संघीय सरकारको बजेटबाट दीर्घकालीन योजना सञ्चालन गर्न, प्रदेश र स्थानीय पालिकाले जनस्तरको समस्या समाधान गर्ने गरी योजना बनाउन र साना तथा मझौला योजनालाई कम प्राथमिकता दिन सुझाइएको छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गरी हुँदा खाने र हुने खानेका बीचमा फरक गर्न, त्यस्तो भत्ता नगदमा नदिएर कार्डको व्यवस्था गरी आधारभूत सेवा नि:शुल्क गर्न र नगदलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्नेमा जोड दिइएको छ । वास्तविक क्षेत्रलाई शेयरबजारमा ल्याउन विशेष व्यवस्था गर्न, बजारमा हुने गैरकानूनी क्रियाकलाप अन्त्य गर्न तथा गलत कार्यमा संलग्न नियामक निकायका प्रमुखलाई कडाभन्दा कडा कारबाही हुने प्रणालीको व्यवस्था गर्नुपर्ने सर्वसाधारणको सुझाव छ । सामाजिक सञ्जालको नियमन गर्ने प्रावधान ल्याउन विशेष आग्रह गर्दै कुलेश्वर काठमाडौंका एक सुझावदाताले चालू आवको बजेटमा नै यस्तो व्यवस्था भए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । फेसबुक, टिकटक, युट्युबजस्ता माध्यमबाट हुने आयआर्जन तथा कारोबार गर्दा १ प्रतिशत कर लाग्ने भनी चालू आवको बजेटमा व्यवस्था गरिएको भए पनि आन्तरिक राजस्व विभाग र नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा नल्याएको भन्दै तत्काल कार्यान्वयन गर्न भनिएको छ । नेपालमा बसेर अनलाइनका काम गर्ने कर्मचारीले पाउने पारिश्रमिकलाई विप्रेषणमा राखिए पनि कर उठाउने व्यवस्था भएको भन्दै यस क्षेत्रलाई करको दायरामा ल्याउन भनिएको छ । कर नतिर्ने प्रवृत्ति अन्त्यका लागि कर कार्डको व्यवस्था गर्न, सरकारमातहत रहने गरी जिल्लास्तरमा रोजगार केन्द्र स्थापना गर्न, बेरोजगारको लगत कायम गर्न भनिएको छ । होटेल, बैंक, वित्तीय संस्था, सहकारीलगायत संघसंस्था पनि उक्त केन्द्रमा दर्ता हुने व्यवस्था गर्न भनिएको छ । नयाँ कार्यालय स्थापना भएमा सोही रोजगार केन्द्रबाट पदपूर्ति गर्ने व्यवस्था गरिए शक्ति र पहुँचको प्रभाव रोकिने सुझाव आएको छ ।

यस्ता छन् जुम्लाका स्याउ किसानका दु:ख (भिडियो स्टोरी)

जुम्ला– जुम्लाको स्याउले उचित मूल्य नपाएको स्थानीयबासीले गुनासो गरेका छन्। जुम्लामा उत्पादित स्याउ स्वादिलो हुनुका साथै अर्गानिकसमेत भए पनि स्याउको सिजनमा सोचेअनुसारको मूल्य नपाउने गरेको स्थानीयहरुले गुनासो गरेका हुन्। कृषि बीमा दाबी भुक्तानी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी अम्बिका थापाले बीमाको कार्यक्रमहरुबाट स्याउ खेतीमा राहत पुगेको बताएकी छन्। बीमाले गर्दा स्याउ उत्पादनमा केही असर परे पनि […]

बलिउड कलाकारका दु:ख : कसैका सन्तान डिप्रेसनले मरे, कसैकाे गर्भ तुहियाे

काठमाडौं । फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पीडामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला । फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पीडा निकै दर्दनाक नै छ । बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन् । बलिउडका ‘मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शोकको […] The post बलिउड कलाकारका दु:ख : कसैका सन्तान डिप्रेसनले मरे, कसैकाे गर्भ तुहियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हराउँदै गए तीजका पुराना भाका

अस्मिना पाण्डेबुटवल  :         लेकैबाट के चरी झर्‍यो,बस्योकी बसेन रातो बरैमा।शिरफूलमा दिलमेरो बस्यो,दिलमेरो बसेन पापी घरैमा।पहिला गहनाको ज्यादै महत्व हुन्थ्यो। गहना असाध्यै मन पर्ने घरमा दु:ख भए पनि गहनामा दिल बसेको कुरा छोरीले माइतमा आएर आफ्ना आमाबुवा दिदिबहिनीलाई सुनाएको हो यो गीतमा। त्यस्तै, दैलामुनिको काकरीको बतिलो, आमा टिपेर थालैमा।आइन् छोरी नभन्नुहोला, आमा म परेँ जालैमा। यस्ता हुन्थे तीजका गीत विगतका दिन सम्झिँदै बुटवल योगीकुट

यो पुरुष विरोध कि डलरवाद हो?

महिलालाई दु:ख दिने महिला नै हुन्छन्। घरघरमा सासुले बुहारीलाई, नन्द-आमाजुले भाउजू-बुहारीलाई दु:ख दिइराखेका हुन्छन्। महिला हक अधिकारका कुरा उठाउनेहरूले प्राय: सुन्नुपर्ने व्यंग्य र प्रहार हुन पनि स्थिति बिश्लेषण नगरी बुझ्ने हो भने त त्यस्तै नै देखिन्छ। हचुवाका भरमा यस्ता तर्क अगाडि सार्नेहरूले के बुझ्दैनन् भने समाज व्यव...