पर्दापछाडिको आवाज, जसले सुनाउँछन् ‘विश्वघटना’

काठमाडौं : समाज, संस्कार, धर्म, संस्कृति, भूगोल, ब्रम्हाण्ड, विज्ञान...।संसारमा एउटा मान्छेले जान्नुपर्ने विषयहरू केके हुन्? कति विषयहरू जान्दा एकबारको जुनी धन्य हुन्छ? कहिल्यै सोच्नुभएको छ?कसैले एक बसाइमा सुनाएको थियो, 'हरेक मान्छेले आफूलाई कति ज्ञान आवश्यक पर्छ जान्न जरूरी छ। नत्र मस्तिष्कले दु:ख पाउँछ।'आफूलाई कति ज्ञान आवश्यक पर्छ कसरी थाहा पाउने? वर्तमानमा सामान्य लागेका विषय भविष्यमा ठूलो अर्थ राखिदिन सक्छ। कति विषयहरू यस्ता हुन्छन् जसको गाम्भीर्यता र महत्व जीवनका विभिन्न काल अवस्था