मंगलवा मालपोत र नापीका १२ कर्मचारीमा कोरोना, २५ गते सम्म सेवा बन्द

सर्लाही : सदरमुकाम मलंगवामा रहेका भूमिसुधार तथा मालपोत र नापी कार्यालयको सेवा आजबाट एक साताका लागि बन्द गरिएको छ। नापीका ९ जना र मालपोतका ३ जना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि दुवै कार्यालयले आजदेखि वैशाख २५ गतेसम्मका लागि सेवा बन्द गरेका हुन्।मुख्य–मुख्य फाँटका कर्मचारीमा संक्रमण देखिएको भूमिसुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले जानकारी दिए।उनका अनुसार मालपोतमा रजिष्ट्रेसन, मुद्दा र तामेली शाखाका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। यसैगरी नापी कार्यालयमा सर्वेक्षक

सम्बन्धित सामग्री

भरतपुर मालपोत कार्यालयको सेवा बन्द

चितवन : प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण भएपछि भरतपुर मालपोत कार्यालयको सेवा बन्द गरिएको छ।आज कार्यालयले सूचना प्रकाशित गरी कार्यालय प्रमुखसहित चार जनामा संक्रमण देखिएकोले केही दिनको लागि सेवा स्थगित गरिएको जनाएको छ। सूचना अनुसार आजदेखि माघ १६ गतेसम्म सेवा स्थगित हुनेछ।कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिनाले कार्यालय प्रमुख, एक मालपोत अधिकृत र दुईजना नायब सुब्बामा कोरोना संक्रमण भएको छ। संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरू होम आइसोलेसनमा बस्नु परेकोले सेवा प्रवाह गर्

कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ।

कर्मचारीमा कोरोना : काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने  जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् । सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा

कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ ।

मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो । कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।

कर्मचारीमा कोरोना, मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द

मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए

सुर्खेतमा मालपोत कार्यालय आइतबारदेखि सञ्चालन हुने

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए ।कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्

कर्मचारीमा कोरोना सङ्क्रमणपुष्टि भएपछि मालपोत सेवा बन्द

स्याङजा मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रविन अधिकारीले बताए  ।कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले  जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो ।

पाल्पा : मालपोत कार्यालयका सबै सेवा रोकियो

पाल्पा : कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय पाल्पाका सम्पूर्ण सेवा रोकिएका छन्। मंगलबार (आज) देखि यही साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने निमित्त प्रमुख इविन्द्रराज बस्यालले बताए।मालपोत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका सबै सेवा बन्द गर्नुपरेको र आन्तरिक काम भने भैरहने उनले बस्यालले जानकारी दिए।सेवाग्राहीमा कोरोना फैलिनसक्ने संभावना मध्यनजर गरी कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा एक हप्ताका लागि बन्द गर्नु परेको उनको भना

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमि सुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द भएको छ ।