उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गर्ने बताएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च ब्याजदर र तरलता सङ्कुचनलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभएको हो । उहाँले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताउनुभयो । राष्ट्रपति पाैडेलले विदेशी लगानील...

सम्बन्धित सामग्री

ट्रेजरीको ब्याजदर पाँच प्रतिशतभन्दा तल

काठमाडौं। आर्थिक वर्षको पहिलो दिन सरकारले अल्पकालिन ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल्सको ब्याजदर ५ प्रतिशतभन्दा कम कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवार ७० अर्ब ७० करोड ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिन अवधिको १० अर्ब ट्रेजरीको औसत ४ दशमलव १६ प्रतिशत र ९१ दिनको ७ अर्ब ७० करोड ट्रेजरीको औसत ५ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  गत आर्थिक वर्षको शुरूमै ट्रेजरी बिल्सको ब्याजदर १२ प्रतिशत नाघेको थियो । बैंक, वित्तीय संस्थामा तरलता अभाव हुँदा बढेको ब्याज तरलता सहज भएसँगै घटिरहेको छ ।  गत आवको अन्तिममा असार २६ गते जारी भएको ट्रेजरीको ब्याजदर ३ दशमलव शून्य २ प्रतिशतसम्म झरेको थियो । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचेपछि यो साता ट्रेजरीको ब्याजदर सामान्य बढेको हो ।  गत आर्थिक वर्षको शुरूमै ट्रेजरी बिल्सको ब्याजदर १२ प्रतिशत नाघेको थियो । बैंक, वित्तीय संस्थामा तरलता अभाव हुँदा बढेको ब्याज तरलता सहज भएसँगै घटिरहेको छ ।  यसैगरी असार ३० गतेसम्ममा बैंक, वित्तीय संस्थाहरूले ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ६२ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्थाअनुसार बैंकहरूसँग अहिले करीब ५ खर्ब थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा बैंकहरुले लगानी गर्न सकेका छैनन् ।  बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदरलगायत अल्पकालीन दरहरु घटिरहेको छ । शनिवार अन्तरबैंक ब्याजदर शून्य दशमलव ४७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचे पनि ब्याजदर मौद्रिक नीतिको लक्ष्यअनुसार कायम हुन सकेको छैन । तरलताको अवस्था सहज भएपछि बैंकहरूले साउनदेखि निक्षेपको ब्याजदर पनि घटाएका छन् । डेढ वर्षदेखि भद्र सहमति गरी एउटै ब्याजदर लागू गर्दै आएकोमा नेपाल बैंकर्स संघको निर्णयअनुसार साउनदेखि फरकफरक ब्याजदर प्रकाशित गरेका छन् ।

तरलता उच्च भएपछि अल्पकालीन ब्याजदर घट्दो

काठमाडौं  । बैंक, वित्तीय संस्थामा तरलता बढेपछि ट्रेजरी बिल्स, अन्तरबैंक कारोबारलगायत अल्पकालीन ब्याजदर घट्न थालेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि बैंकहरूको लगानी ऋणपत्रमा केन्द्रित हुँदा टे«जरी बिल्सको ब्याजदर ५ प्रतिशतभन्दा तल ओर्लेको छ । यस्तै अन्तरबैंक कारोबारको ब्याजदर पनि मौद्रिक नीतिको लक्ष्यभन्दा  तल आएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवार बोलकबोल गराएको टे«जरी बिल्समा न्यूनतम ४ दशमलव ७३ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) मा कायम भएको सबैभन्दा कम ब्याजदर हो । दुई साताअघि टे«जरी बिल्सको ब्याजदर ४ दशमलव २९ प्रतिशतसम्म ओर्लेको थियो । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिचेपछि गत साता ५ प्रतिशतभन्दा माथि पुगेको ब्याजदर फेरि घटेको हो ।  सोमवार राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिनको ७ अर्ब ७५ करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनको ८ अर्ब ९१ करोड ६ लाख ५५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल आ≈वान गरेको थियो । त्यसमा २८ दिन अवधिको ट्रेजरीमा ४ दशमलव २३ प्रतिशत, ९१ दिनमा ६ दशमलव शून्य ५ प्रतिशत, १८२ दिनमा ६ दशमलव ७१ प्रतिशत र ३६४ दिनमा ७ दशमलव शून्य ४ प्रतिशत औसत ब्याजदर कायम भएको छ । यसअघि गतसाता २८ दिन अवधिको ट्रेजरीमा ५ दशमलव ६१ प्रतिशत, ९१ दिनमा ६ दशमलव ८ प्रतिशत, १८२ दिनमा ६ दशमलव ८९ प्रतिशत र ३६४ दिनमा ७ दशमलव १९ प्रतिशत ब्याजदर कायम भएको थियो ।  ट्रेजरी बिल्स १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक अल्पकालीन अवधिको स्रोत जुटाउन यो विक्री गरिन्छ । बैंकहरूसँग तरलताको अवस्था सहज भए पनि ऋण लगानी नभएपछि उनीहरूले ब्याजदर घटाएर भए पनि टे«जरी बिल्स खरीद गरेका हुन् । चालू आवको शुरूमा ट्रेजरी बिल्सको औसत ब्याजदर १२ प्रतिशत नाघेको थियो । गत माघमा घटेर ५ प्रतिशतको हाराहारीमा झरे पनि फेरि बढेर ८ प्रतिशत पुगेको थियो ।  पछिल्लो समय बैंकहरूमा तरलताको अवस्था सहज भए पनि कर्जा विस्तार गर्न सकेका छैनन् । यसले गर्दा उनीहरू सरकारी ऋणपत्रलगायत अल्पकालीन लगानीमा केन्द्रित छन् ।  राष्ट्र बैंकका अनुसार शनिवारसम्म बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ५५ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने भएकाले उनीहरूसँग साढे ३ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने  क्षमता छ । उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा कर्जाको माग भने छैन ।  शनिवारसम्म बैंकहरूमा ५६ खर्ब ८ अर्ब निक्षेप संकलन हुँदा कर्जा लगानी ४८ खर्ब ६२ अर्ब पुगेको छ । बैंकहरूमा तरलता उच्च भएपछि शनिवार अन्तरबैंक ब्याजदर पनि ३ दशमलव शून्य १ प्रतिशतमा ओर्लेको छ । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकले रिर्भस रिपो जारी गर्नुपर्ने भएको छ । दुई साताअघि अन्तरबैंक कारोबारको ब्याजदर २ प्रतिशतमा झरेपछि राष्ट्र बैंकले रिर्भस रिपोमार्फत २३ अर्ब रुपैयाँ बजारबाट उठाएको थियो । त्यसपछि बढेर ५ प्रतिशतभन्दा माथि पुगेको ब्याजदर फेरि घटेर ३ प्रतिशत कायम भएको हो ।  मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो जारी गर्ने व्यवस्था छ । राष्ट्र बैंकले यसअघि असार ७ र १० गते जारी गरेको २३ अर्ब २० करोडको रिभर्स रिपो परिपक्व भइसकेको छ ।

बैंकमा साढे तीन खर्ब तरलता

काठमाडौं  । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक, वित्तीय संस्थामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरुले असार १४ गतेसम्ममा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलनको तुलनामा कर्जा वृद्धि नहुँदा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ६२ प्रतिशतमा ओर्लेको छ ।  राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । यस हिसाबले बैंकहरुसँग अझै ३ खर्ब ५७ अर्ब थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।  तर, पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनमा कर्जा प्रवाह सुस्त छ । जेठ ३१ गते बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब र ऋण ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । दुई सातामा ५२ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा प्रवाह भने ६ अर्बले मात्र वृद्धि भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी वृद्धि भएपनि कर्जा विस्तार नभएपछि अन्तरबैंक ब्याजदर गत साता २ प्रतिशतसम्म ओर्लेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक सातामै दुईपटक रिभर्स रिपोमार्फत २३ अर्ब २० रुपैयाँ तरलता खिचेको थियो । त्यसपछि अन्तरबैंक ब्याजदर बढेर ५ प्रतिशत पुगेको छ ।  उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमीले बजारमा कर्जाको माग छैन । बैंकहरु पनि कर्जा प्रवाहभन्दा असुलीमा केन्द्रित छन् । बैंकहरुको लगानी टे«जरी बिल्सलगायत सरकारी ऋणपत्रमा केन्द्रीत देखिन्छ ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तरलता सहज भए पनि बजारको अवस्थाले ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । ‘रेमिट्यान्समा सुधार र सरकारी खर्च बढ्दा बैंकहरुमा तरलताको अवस्था सहज देखिएको हो,’ उनले भने, ‘तर, उच्च ब्याजदर र बजारको स्थितिका कारण सचेत भएर लगानी गर्नुपर्ने अवस्था छ ।’ बैंकहरुलाई प्राथमिक पूँजीकोषको प्रावधानले पनि दबाबमा राखेको उनको  भनाइ छ ।

प्रधानमन्त्रीलाई चेम्बरको ८ बुँदे सुझाव

बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए।...

नयाँ सरकारको प्राथमिकतामा सुशासन र जनसेवा

काठमाडौं । नवगठित सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले वित्तीय र मौद्रिक नीतिको उचित कार्यान्वयनबाट अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने निर्णय गरेको हो । तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन […]

खराब कर्जाले सीमा नाघ्ने खतरा

खराब आर्थिक स्थितिका बाबजुद पछिल्लो समय बैंक तथा वित्त कम्पनीहरुको खराब कर्जा (एनपीएल) को दर बढ्ने देखिएको छ । तरलता अभावले सिर्जना गरेको उच्च ब्याजदर, बजार महँगी, उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास र औद्योगिक उत्पादनको कमीसँगै समग्र आर्थिक गतिविधिमै शिथिलता छाउँदा बैंक तथा वित्त कम्पनीहरुको लगानी समेत जोखिममा पर्ने देखिएको हो ।बैंक तथा वित्तीय कम्पनीहरुले गरेका कर्जा लगानी फिर्ता हुन छाडेका छन् । जसले बैंक तथा वित्त कम्पनीहरु मात्र नभएर नियामक निकाय राष्ट्र बैंक समेत चिन्तित हुन थालेको छ ।नेपाल

‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’ (फोटोफिचर)

१८ कात्तिक, काठमाडौं । शुक्रबार बिहान ११ बज्नै लाग्दा काठमाडौं र यसका आसपासका जिल्लाका उद्योगी व्यवसायीहरु माइतीघर मण्डलाको सडक किनारामा जम्मा भए । उनीहरुको हातमा बैंक आतंक बन्द गर, मनपरी प्रिमियर बन्द गर, उच्च ब्याजदर खारेज गर, तरलता समस्या समाधान गर जस्ता बैंक तथा वित्तीय संस्था र नियमकीय राष्ट्र बैंक विरोधी प्ले कार्डहरु थिए । आक्रामक […]

राष्ट्रबैँकले तोक्यो वचतपत्रको ब्याजदर ११ प्रतिशत

काठमाडौँ- सरकारसँग तरलता अभाव भइरहेका बेला राष्ट्र बैँकले नागरिक वचतपत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ। यो राष्ट्रबैँकले दिएको उच्च ब्याजदर हो। बैँक तथा वित्तीय संस्थाहरुले भने ब्याज बढाएर अहिले ११ प्रतिशतसम्म पुर्‍याएका छन्। राष्ट्र बैंकले १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक वचत पत्रको ब्याजदर ११ प्रतिशत तोकेको हो। चार वर्षमा परिपक्व हुने यो बचत […]

‘पैसा भए पनि सामान नपाउने अवस्था आउन सक्छ’

विराटनगर-उद्योगी–व्यापारीहरूको नेपालकै सबैभन्दा जेठो साझा संस्था मोरङ व्यापार संघले महँगी नियन्त्रणका लागि १० बुँदे सुझाव प्रस्तुत गरेको छ । हाल आन्तरिक र बाह्य कारणले अत्यधिक महँगी बढेको संघको निष्कर्ष छ ।बैंकको उच्च ब्याजदर, तरलता अभाव र रुस–युक्रेनबीचको युद्धलाई संघले महँगी बढ्नुको मुख्य कारण मानेको छ । सरकारले तत्कालै उचित कदम नचाले अझै महँगी बढ्ने संघको […]

वाणिज्य बैंकले ब्याजदर बढाउँदा सङ्कटमा सहकारी

तरलता अभावको नाममा पछिल्लो समय वाणिज्य बैंकहरूले धमाधम आफूखुसी ब्याजदर तोक्न थालेपछि यसको सङ्कट सहकारीमा क्षेत्र पर्न थालेको छ । सहकारीभन्दा अझ माथि उठेर वाणिज्य बैंकहरूले नै निक्षेप तथा कर्जामा उच्च ब्याजदर अफर गर्न थालेपछि यसको सीधा मारमा सहकारी संस्थाहरू परेका छन् । यति बेला सहकारी क्षेत्र नै तरङ्गित बन्न पुगेको छ ।अहिले सहकारी क्षेत्रले आदानप्रदान गरिरहेको अधिकतम ब्याजदरको सीमा भनेको १०/१४.५ (संशोधित) प्रतिशत हो । अर्थात्, अहिले पनि सहकारी संघ संस्थाहरूले (केही बाहेक) अधिकतम १० प्रतिशत ब्याज