ट्रेजरीको ब्याजदर पाँच प्रतिशतभन्दा तल

काठमाडौं। आर्थिक वर्षको पहिलो दिन सरकारले अल्पकालिन ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल्सको ब्याजदर ५ प्रतिशतभन्दा कम कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवार ७० अर्ब ७० करोड ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिन अवधिको १० अर्ब ट्रेजरीको औसत ४ दशमलव १६ प्रतिशत र ९१ दिनको ७ अर्ब ७० करोड ट्रेजरीको औसत ५ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  गत आर्थिक वर्षको शुरूमै ट्रेजरी बिल्सको ब्याजदर १२ प्रतिशत नाघेको थियो । बैंक, वित्तीय संस्थामा तरलता अभाव हुँदा बढेको ब्याज तरलता सहज भएसँगै घटिरहेको छ ।  गत आवको अन्तिममा असार २६ गते जारी भएको ट्रेजरीको ब्याजदर ३ दशमलव शून्य २ प्रतिशतसम्म झरेको थियो । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचेपछि यो साता ट्रेजरीको ब्याजदर सामान्य बढेको हो ।  गत आर्थिक वर्षको शुरूमै ट्रेजरी बिल्सको ब्याजदर १२ प्रतिशत नाघेको थियो । बैंक, वित्तीय संस्थामा तरलता अभाव हुँदा बढेको ब्याज तरलता सहज भएसँगै घटिरहेको छ ।  यसैगरी असार ३० गतेसम्ममा बैंक, वित्तीय संस्थाहरूले ५७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ६२ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्थाअनुसार बैंकहरूसँग अहिले करीब ५ खर्ब थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । तर, उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा बैंकहरुले लगानी गर्न सकेका छैनन् ।  बैंकहरूमा तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदरलगायत अल्पकालीन दरहरु घटिरहेको छ । शनिवार अन्तरबैंक ब्याजदर शून्य दशमलव ४७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचे पनि ब्याजदर मौद्रिक नीतिको लक्ष्यअनुसार कायम हुन सकेको छैन । तरलताको अवस्था सहज भएपछि बैंकहरूले साउनदेखि निक्षेपको ब्याजदर पनि घटाएका छन् । डेढ वर्षदेखि भद्र सहमति गरी एउटै ब्याजदर लागू गर्दै आएकोमा नेपाल बैंकर्स संघको निर्णयअनुसार साउनदेखि फरकफरक ब्याजदर प्रकाशित गरेका छन् । 

सम्बन्धित सामग्री

घट्यो ब्याजदर

काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका […]

घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि […] The post घट्यो ब्याजदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकको ब्याजदर घट्यो

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ। सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। […]

घट्यो बैंकको ब्याजदर

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।

माघदेखि घट्दै ब्याजदर

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा

बैंकहरुले ब्याजदर घटाउने

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले संस्थागत निक्षेपको ब्याजदर दुई प्रतिशतले घटाउने निर्णय गरेको हो ।  योसँगै भदौ महिनाका लागि संस्थागत निक्षेपमा बैंकहरुले ९.०३ प्रतिशत मात्र ब्याजदर प्रदान गर्नेछ ।यसअघि संस्थागत र व्यक्तिगत दुबैम

बैंकको ब्याजदर अझै बढ्ने !

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]

ब्याजदर निर्धारणमा नयाँ गाइडलाइन

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महिनाको निक्षेपको औसत ब्याजदरको आधारमा त्यसको १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने भएका छन् । साथै, सोही आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतसम्मले घटाउन पनि पाउने भएका छन् ।यसअघि बैंकहरूले आफ्नै ब्याजदरको आधारमा मासिक १० प्रतिशतसम्मको दरले ब्याजदर थपघट पाउने थिए । तर, अब भने आफ्नो वर्गका बैंकहरूको औसत ब्याजदर आधारमा मात्रा नयाँ ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।राष्ट्र बैंकले आइतवार क, ख र ग वर्गका बैंकहरू लागि एकीकृत निर्देशन जारी गर्दै यस

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ । बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च […]

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर

बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको  छ ।हाल बैंक तथा वित्ति