सरकारले घोषणा गरेको ऋण सुविधा कार्यान्वयन हुन नसकेको वीरगन्जका व्यवसायीले गुनासो गरेका छन् । बैंकहरूले विभिन्न बहाना बनाई ऋण दिन आनाकानी गरेको व्यवसायीले बताएका हुन् । नेपाल राष्ट्र बैंकले पनि बैंकहरूको अनुगमन र उचित निर्देशन दिन नसक्दा व्यापार–व्यवसाय गर्न गाह्रो भएको उनीहरूको गुनासो छ ।