तिहारका लागि धमाधम बन्दैछ माटाको पाला (फोटो फिचर)

९ कात्तिक, काठमाडौं । तिहार नजिर्किएपछि काठमाडौंमा माटाको पालाको बिक्री ह्वात्तै बढ्छ । तिहारको लक्ष्मीपूजाका बेला तेल राखेर बत्ती बाल्ने पाला धेरै घरमा खोजिन्छ । त्यसैले भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई हिजोआज पाला बनाउन भ्याइ नभ्याइ छ । भक्तपुरमा तयार भएका पाला काठमाडौंको असन, इन्द्रचोकलगायतका मुख्य शहरी क्षेत्रमा बिक्री गरिन्छन् । तिहार नजिकिने बेलामा माटाको पालाको […]

सम्बन्धित सामग्री

भक्तपुरमा बनेका पालाको माग उच्च

गृष्मा राजभण्डारी र सुमित्रा केसी काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको ठिमीमा प्रजापति समुदायलाई माटाको पाला बनाउन चटारो परेको छ । माटो चोखो हुने मान्यताले लक्ष्मी पुजामा यसैका पाला प्रयोग गर्ने भएकाले बजारमा माटोको पाललाको माग उच्च रहेको छ । भक्तपुरका ठिमीका विक्रम प्रजापति तिहार सुरु हुनुभन्दा करिब दुई महिना अघिदेखि नै माटोको पाला बनाउन व्यस्त […]

माटाको पाला बनाउन सिक्दै ओलीले भने: अर्को वर्ष यसमै दीपावली गर्छु (फोटो/भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिबाहिरका धेरै विषयहरुमा चासो र दख्खल राख्छन् । जस्तो कि आज उनी एउटा कार्यक्रममा माटोको भाँडा बनाउन सिकिरहेका थिए । ‘गन्तव्य भक्तपुर थिमी’ नाम पुस्तकको विमोचनका लागि ओली ठिमी पुगेका थिए । त्यहाँ उनकै आग्रहमा माटोको भाँडो बनाउन सिकाउने व्यवस्था मिलाइएको थियो । कार्यक्रममा ओलीले सम्वोधन गर्नुअघि नै […]

भक्तपुरमा पाला बनाउन भ्याइ नभ्याइ (फाेटाे फिचर)

भक्तपुरस्थित पोटरी स्क्वायर अहिले माटाका पालाले भरिभराउ छ । तिहार नजिकिएसँगै यस टोलमा अहिले स्थानीयलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ । कुमाल समुदाय दशैँ सकिए लगत्तै तिहारका लागि दियो बनाउने चटाराे शुरू हुन्छ ।

पाला बनाउन भ्याइनभ्याई

भक्तपुरस्थित पोटरी स्क्वायर नामले चर्चित कुमाले टोलमा माटाको पाला बनाउन भ्याइ नभ्याइ छ । कुमाल समुदाय दशैँ सकिएलगत्तै तिहारका लागि दियो बनाउन थाल्ने गर्छन् । गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो । यस वर्ष बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइ नभ्याइ छ । पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले कुमा

दियो बेचेरै पक्की घर बनाउने दाजुभाइको सपना

तिहारको अवसरमा परम्परागत रुपमा बालिने दियो बत्ती अचेल लोप हुँदै गएको छ । दियोको स्थान विद्युत्बाट संचालन हुने झिलिमिली बत्तीले लिएपछि दियो बत्ती नै लोप हुने अवस्थामा पुगेको छ । तर रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ७ छत्रपुराका सन्तोष कुमार प्रजापती र नगेन्द्र कुमार प्रजापतीले बर्षौदेखि अधुरो रहेको घर निर्माणको कामलाई दियो बेचेरै पुरा गर्ने सपना बुनेका छन् । दाजु सन्तोषले विद्यालयको पढाईसँगै खेतीपातीको काममा बुवाआमालाई सघाउँंदै फुर्सदको समयमा माटाका दियो बनाउने गर्नुहुन्छ । उहाँलाई भाई नगेन्द्र कुमार प्रजापतीले सघाइरहनुभएको छ । कक्षा १२ मा पढ्दै गर्नुभएका दाजु सन्तोषले गतवर्षको दिपावलीमा माटाको पाला बेचेर गरेको आम्दानीले गाउँमै ईट्टा लगाएर पक्की घर निर्माण सुरु गर्नुभएको थियो । यी दाजुभाईले अघिल्लो गतवर्षको दिपावलीमा तीन लाख रुपियाँका माटोका दियो विक्री गरेका थिए ।