तामाकोसीको धार परिवर्तन गरेर दोहन

सदरमुकाम भएर बग्ने नदीमा डोजर चलिरहँदा प्रशासन र जनप्रतिनिधि मूकदर्शक  क्रसर व्यवसायीले तामाकोसी नदीको धार नै परिवर्तन गरेर दोहन गरिरहेका छन् । जिल्ला सदरमुकाम मन्थली हुँदै बग्ने तामाकोसी नदीको धार परिवर्तन गरेर...

सम्बन्धित सामग्री

रोकिएन कालीगण्डकीको दोहन

म्याग्दी : वर्षौंदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ। नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रमहरु हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन।अवैधरुपमा नदीको दोहन हुने क्रम बढेर गएसँगै यहाँको पर्यावरण समेत विथाेलिँदै गएको छ। नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्तीहरू खतरामा परेका छन् भने विश्वको एकमात्र नदी कालीगण्डकीमा पाइने धार्मिक र आर्थिक महत्वको महत्वपूर्ण शिला शालिग्राम पनि लोप हुने अवस्थामा पुगेको छ।गण्डकी प्रदेश सरकारले नदीजन्य पदा

कालीगण्डकी दोहनले शालिग्राम लोप हुने खतरा

वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन । अवैधरुपमा नदीको दोहन हुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक प्रभाव पर्दै गएको छ । नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्ती खतरामा परेका छन् …

मापदण्ड र सम्झौता विपरीत नदी दोहन

म्याग्दी । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा मापदण्ड र सम्झौता विपरीत दोहन गरिएको छ । सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता विपरीत स्काभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरिएको हो । स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय […]

कालीगण्डकी नदीबाट ३२ ओटा सवारी नियन्त्रणमा

साउन २०, पर्वत । कालीगण्डकी नदीमा भइरहेको अवैध उत्खननमा कडाइ गरिएको छ । जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले नदीजन्य पदार्थ उत्खननमा कडाइ गरेको हो ।  बर्खाका तीन महीना नदीमा उत्खनन गर्न नपाईने नियम मिचेर नदीमा उत्खनन भएपछि कडाइ गरिएको हो । यसै क्रममा प्रहरीले लुकीछिपी उत्खनन गरिरहेका सवारी साधानहरु नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उत्खननमा संलग्न ३२ ओटा सवारी साधन नियन्त्रणमा लिइएको हो । अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालीकाका विभिन्न स्थानबाट टिपर, ट्याक्टर र स्काभेटर नियन्त्रणमा लिएको हो । कालिगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन्गरिरहेका टिपर ५ ओटा, स्काभेटर ९ ओटा र ट्याक्टर १८ ओटा गरी जम्मा ३२ ओटा सवारी साधनहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पर्वतमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।  नियन्त्रणमा लिईएका सवारी साधानले कुश्मा नगरपालिकालाई पटकै पिच्छे गरी पाँच लाख दुई हजार पाँच सय रुपैयाँ जरिवाना तिरेका छन् ।  जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले धनीलाई सवारी फिर्ता लैजान दिएको र जरिवाना रकम तिर्न बाँकी रहेका केही सवारी साधनहरु कार्यालयकै नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । कालीगण्डकी नदीमा उत्खनन हुन नदिन स्थानीय तहले बर्खामा लगाउने ठेक्का समेत रोकेका छन् । तर, व्यावसायी तथा बिचौलियाहरुले ढुंगागिटी, बालुवा उत्खनन गर्दै आइरहेका छन् । रातिको समयमा नदीमा पसेर चोरी गर्न थालिएपछि अवैध उत्खनन रोक्न प्रहरीले रातिको समयमा पनि ड्युटी गर्दै आएको छ । जिल्लाको वारीबेनी, मिलनचोक, लस्ती, खनियाघाट, मालढुंगा, सारमारे लगायतका स्थानमा व्यापक रुपमा उत्खनन भइरहेको स्थानीयबासीको गुनासो छ ।  जलजला गाउँपालिका-८ का सोमबहादुर जिसीले अवैध रुपमा उत्खनन भइरहेको जानकारी दिए । लुकिछिपी भइरहेको चोरीनिकासी नियन्त्रण नगरे कालीगण्डकीको अस्तित्व संकटमा पर्ने खतरा रहेको जिसीले बताए । जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिका क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा सञ्चालित क्रसर उद्योगहरुले पनि नदीको अनियन्त्रित दोहन गरिरहेका छन् ।  दोहनका कारण कालीगण्डकी नदीले धार परिवर्तन गर्ने समस्या देखिएको छ । संरक्षणकर्मीहरुले नदीको स्वरुप बिगार्ने गरि भइरहेको उत्खनन रोक्नु पर्ने आवाज उठाउँदै आएका छन् ।