कालीगण्डकी नदीबाट ३२ ओटा सवारी नियन्त्रणमा

साउन २०, पर्वत । कालीगण्डकी नदीमा भइरहेको अवैध उत्खननमा कडाइ गरिएको छ । जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले नदीजन्य पदार्थ उत्खननमा कडाइ गरेको हो ।  बर्खाका तीन महीना नदीमा उत्खनन गर्न नपाईने नियम मिचेर नदीमा उत्खनन भएपछि कडाइ गरिएको हो । यसै क्रममा प्रहरीले लुकीछिपी उत्खनन गरिरहेका सवारी साधानहरु नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उत्खननमा संलग्न ३२ ओटा सवारी साधन नियन्त्रणमा लिइएको हो । अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालीकाका विभिन्न स्थानबाट टिपर, ट्याक्टर र स्काभेटर नियन्त्रणमा लिएको हो । कालिगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन्गरिरहेका टिपर ५ ओटा, स्काभेटर ९ ओटा र ट्याक्टर १८ ओटा गरी जम्मा ३२ ओटा सवारी साधनहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पर्वतमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।  नियन्त्रणमा लिईएका सवारी साधानले कुश्मा नगरपालिकालाई पटकै पिच्छे गरी पाँच लाख दुई हजार पाँच सय रुपैयाँ जरिवाना तिरेका छन् ।  जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले धनीलाई सवारी फिर्ता लैजान दिएको र जरिवाना रकम तिर्न बाँकी रहेका केही सवारी साधनहरु कार्यालयकै नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । कालीगण्डकी नदीमा उत्खनन हुन नदिन स्थानीय तहले बर्खामा लगाउने ठेक्का समेत रोकेका छन् । तर, व्यावसायी तथा बिचौलियाहरुले ढुंगागिटी, बालुवा उत्खनन गर्दै आइरहेका छन् । रातिको समयमा नदीमा पसेर चोरी गर्न थालिएपछि अवैध उत्खनन रोक्न प्रहरीले रातिको समयमा पनि ड्युटी गर्दै आएको छ । जिल्लाको वारीबेनी, मिलनचोक, लस्ती, खनियाघाट, मालढुंगा, सारमारे लगायतका स्थानमा व्यापक रुपमा उत्खनन भइरहेको स्थानीयबासीको गुनासो छ ।  जलजला गाउँपालिका-८ का सोमबहादुर जिसीले अवैध रुपमा उत्खनन भइरहेको जानकारी दिए । लुकिछिपी भइरहेको चोरीनिकासी नियन्त्रण नगरे कालीगण्डकीको अस्तित्व संकटमा पर्ने खतरा रहेको जिसीले बताए । जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिका क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा सञ्चालित क्रसर उद्योगहरुले पनि नदीको अनियन्त्रित दोहन गरिरहेका छन् ।  दोहनका कारण कालीगण्डकी नदीले धार परिवर्तन गर्ने समस्या देखिएको छ । संरक्षणकर्मीहरुले नदीको स्वरुप बिगार्ने गरि भइरहेको उत्खनन रोक्नु पर्ने आवाज उठाउँदै आएका छन् । 

सम्बन्धित सामग्री

कालीगण्डकी नदी सुकाएर विद्युत्को चलखेल

कालीगण्डकी नदीको बहाव सुकाउनेगरी विद्युत् उत्पादनकका लागि एक समूहले शक्तिकेन्द्रको सहयोगमा पुनः चलखेल सुरु गरेको छ।...

मानवीय अतिक्रमणले साँघुरिँदै कालीगण्डकी नदी

म्याग्दी : नदी किनार हुँदै खनिएको मोटरबाटो, वारीपारी अव्यवस्तितरूपमा विस्तार हुँदै गरेको बस्ती तथा बाढीपहिरो र कटानका कारण कालीगण्डकी साँघुरिन थालेको छ। मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन भएको र बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिदै गएको सरोकारवालाले बताएका छन्।धार्मिक,सांस्कृतिक र जैविक महत्त्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासि

साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप

नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् …

कालीगण्डकी नदी दोहनको चपेटामा

नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठूला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि...

कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला

पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको वगनासकाली नगरपालिका–५ को राम्दीस्थित कालीगण्डकी नदीमा सोही नगरपालिका–६ निवासी ७१ वर्षीय खड्गबहादुर दर्जी मृत फेला परेका हुन् ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीकाअनुसार बुधबार विहान उनी मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

कालीगण्डकी नदी किनारमा २ पुरुषको शव भेटियो

पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ । जिल्लाको रामपुर नगरपालिका–८ , होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०÷४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ । यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थ

कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

पाल्पाको काली गण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिकामा–८ भुजातमा पर्ने कालीगण्डकी नदी किनारमा अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले बताएको छ । शव नदीले बगाएर ल्याएको अनुमान गरिएको छ ।सडेगलेको अवस्थामा फेला परेको शव पहिचान गर्न कठिन भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कवि श्रवण मुकारुङको कविता– ‘हे कालीगण्डकी’

त्यसलाई कविता मार्फत मुखरित गर्न “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता) का रुपमा आयोजना गर्ने निश्चय ’कालीगण्डकी बचाऔँ अभियान’ ले थालेको छ । यस अन्तर्गत प्रस्तुत छ कवि श्रवण मुकारुङको कविता– ‘हे कालीगण्डकी’।

कालीगण्डकी बचाउन आन्दोलन सुरु

८ असार, पर्वत। कालीगण्डकी नदी दोहन भएको भन्दै पश्चिम नेपालका कालीगण्डकीले छोएका जिल्लाका स्थानीयहरूले ‘कालीगण्डकी बचाऔं अभियान’ सुरु गरेका छन् । स्थानीय तथा संरक्षणकर्मीले ‘सेभ कालीगण्डकी रिभर’ ह्याट्याग दिएर सामाजिक सञ्चाल तथा नदी किनारमा उपस्थित भइ विरोध गर्न थालेका छन् । विश्वकै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीमा जथाभावी उत्खनन गरी दोहन गरिएको विरोधमा अभियान सुरु […]