बालुवाटार बैठकको कडा निर्देशन : बागी उम्मेदवारी फिर्ता लिनू, गठबन्धन बाहिर तालमेल नगर्नू

सत्ता गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको हो ।बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई भने, ‘गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको छ । चुनावी परिणाम गठबन्धनको प

सम्बन्धित सामग्री

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारा

दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हाे । पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ […]

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयो