एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच भएको यस सम्झौतापश्चात अब विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने भएको बैंकले बताएको छ । रेमिट्यान्सको दायरालाई अझ विस्तार गर्दै एनआईसी एसिया बैंकले मलेसियाबाट समेत पैसा पठाउन मिल्ने गरी वर्ल्ड रेमिटसँग साझेदारीको घोषणा गरेक