बाढीपहिराेले सुदूरपश्चिममा १ हजार ५ सय परिवार विस्थापित, सात जिल्लामा यातायात अबरुद्ध

धनगढी- तीन दिन देखिकाे लगातारकाे वर्षा पछि आएकाे बाढी र पहिराेमा परेर सुदूरपश्चिम प्रदेशमा एक हजार पाँच सय ३७ परिवार विस्थापित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्राकृतिक विपदबाट यति ठूलो संख्यामा परिवारहरु विस्थापित भएका हुन् । प्रदेश सरकारको तथ्यांक अनुसार बिहीबारसम्म प्रदेशका […]

सम्बन्धित सामग्री

भूकम्पपीडित अझै त्रिपालमै

जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको अढाइ महिना बितेको छ । तर, सरकारी अनुदान नपाउने पीडित त्रिपालमै चिसो रात बिताउन बाध्य छन् । भूकम्पमा परी दुई जिल्लामा ५८ हजार ७ सय ४८ परिवार विस्थापित भएका थिए तर यसबीच २० हजारको हाराहारीमा मात्र अस्थायी टहरा बनेका छन् । बाँकी ३८ हजार परिवार त्रिपालकै भरमा माघको चिसोमा कठ्यांग्रिरहेका छन् ।

बाढीपहिरोले ताप्लेजुङका सडक तहसनहस

करिब चार सय परिवार विस्थापित, एक सय घर बाढीपहिरोको जोखिममा बुधबारदेखि निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा व्यापक क्षति भएको छ । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट बाह्य जिल्लामा आवतजावत ठप्प बनेको छ । जिल्लाका...

बाढी र डुबानले बाँकेमा चार हजार परिवार विस्थापित

बाँके :  अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्। बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्‍याएको छ। जिल्लाको डुडुवा गाउँपालिका–१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँका

नेतालाई विश्वास गर्ने ठाउँ छैन : बाढीपीडित

२०७१ साउन अन्तिम साता सुर्खेतसहित पाँच जिल्लामा आएको बाढीबाट सुर्खेतका मात्रै ९ सय ७० परिवार विस्थापित भए । बाढीमा परी २४ जनाको मृत्यु भयो । बेपत्ता भएका ९१ जनालाई पनि सरकारले मृत घोषणा गर्‍यो । त्यतिबेला नै सरकारले विस्थापित भएकाहरूमध्ये पूर्ण क्षति भएकालाई घर बनाउन ३ लाख र जग्गा किन्न ५० हजार दिने घोषणा गर्‍यो ।

बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न माग

बझाङ : बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न सर्वदलिय बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।शनिवार बसेको सर्वदलीय बैठकले कुबेलाको बाढीपहिरोले जिल्लामा धनजनको ठूलो क्षति गरेकोले संकटग्रस्त जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो।असोज ३१ गते आइतवार आएको अविरल बर्षाका कारण बझाङमा १० जनाको ज्यान गएको छ भने १९ जना अझै बेपत्ता छन्। पहिराले ९० भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भएका छन् भने एक सय २७ घर जोखिममा छन्।यस्तै ६ सय ४७ परिवार विस्थापित भएका छन्। ४० प्रतिशत खेतीयोग्य जमिन नद

प्राकृतिक विपद्पीडितलाई सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने

काठमाडौं । प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने भएको छ । सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ अनुसार हिमाली जिल्लामा प्रतिपरिवार ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख सहयोग किस्ताबन्दीमा दिनेछ । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले आइतवार राष्ट्रिय सभामा बोल्दै तत्काल अस्थायी बसोवासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । यस वर्षको मनसुन शुरू भएयता मुलुकका विभिन्न स्थानमा विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक निर्देशन गरेको पनि बताए । गृहमन्त्री पौडेलका अनुसार यसपालिको वर्षायाम शुरू भएयता ५७२ ओटा घरमा पूर्ण क्षति भई परिवार विस्थापित भएका छन् भने ११२ घरमा आंशिक क्षति भएको छ । त्यस्तै बाढीपहिरोले विभिन्न ३६ ओटा सरकारी भवन र नौओटा विद्यालय क्षतिग्रस्त भएका छन् । सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनमा २, तनहुँमा १, मोरङमा १, उदयपुरमा १ र सिराहामा १ गरी १५ ओटा मोटरेबल पक्की पुलमा क्षति पुगेको छ । मनाङमा ५ ओटा मोटरेबल काठेपुल बगेका छन् । सिन्धुपाल्चोकमा १४, मनाङमा ७, र मर्स्याङ्दी नदीमा २ ओटा गरी २३ ओटा झोलुंगे पुल बगेका छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म जाने पहुँचमार्ग र पुलमा क्षति पुगेको छ । हेडवक्र्समा भएको क्षतिको यकिन गरी मर्मत सम्भारको काम शुरू गरिसकेको मन्त्री पौडेलले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकमा तत्काल २ ओटा बेलिब्रिज निर्माण गरेर अवरुद्ध सडक खुलाउन पहल शुरू गरिसकेको उनको भनाइ छ । देशभरका विभिन्न साना ठूला गरी ४३ ओटा खानेपानी आयोजनामा क्षति पुगेको छ भने कास्की, मनाङ, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाका २५ ओटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ । सबै प्रदेश र जिल्लाको हालसम्म भएको कुल क्षतिको विवरण आउन बाँकी रहेको र सम्बद्ध निकायबाट क्षतिको विवरण माग गरिएको पनि उनले बताए । सरकारका अनुसार गतवर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरूलाई पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख रुपैयाँ अनुदान प्रदान गरी पुनर्निर्माणको काम शुरू गरिएको छ ।

हुम्लामा बाढीले साढे ३८ सय परिवार विस्थापित

गत ३० साउनदेखि आएको बाढी र पहिरोबाट हुम्ला जिल्लामा तीन हजार आठ सय ५५ परिवार विस्थापित भएका छन् ।  बाढी र

प्रदेश २ मा बाढीले १३ हजार परिवार विस्थापित, ३५ सय घर क्षतिग्रस्त

३० असार, जनकपुरधाम । चार दिनको लगातारको बर्षाका कारण आएको बाढीबाट प्रदेश २ का १३ हजार परिवार विस्थापित भएको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रबक्ता डीएसपी ज्ञान महतोले प्रदेशको आठ जिल्लामा गरी १३ हजार …