२०७१ साउन अन्तिम साता सुर्खेतसहित पाँच जिल्लामा आएको बाढीबाट सुर्खेतका मात्रै ९ सय ७० परिवार विस्थापित भए । बाढीमा परी २४ जनाको मृत्यु भयो । बेपत्ता भएका ९१ जनालाई पनि सरकारले मृत घोषणा गर्यो । त्यतिबेला नै सरकारले विस्थापित भएकाहरूमध्ये पूर्ण क्षति भएकालाई घर बनाउन ३ लाख र जग्गा किन्न ५० हजार दिने घोषणा गर्यो ।