धान दिवसमा युवासंघको रोपाइँ जात्रा (फोटो)

काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा  नेकपा एमालेनिकट भ्रातृ संगठन (युवसंघले) रोपाइँ कार्यक्रम गरेको छ।ललितपुरको बुङमतीमा आयोजना गरिएको रोपाइँ जात्रा कार्यक्रममा विभिन्न नेता कार्यकर्ताहरू उपस्थित थिए।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोर

सम्बन्धित सामग्री

नारायणगढको रोपाइँ जात्रा (तस्बिरहरू)

कृष्ण जन्माष्टमीका दिन नारायणगढमा रोपाइँ जात्रा निस्कने गर्दछ । जिल्लाको पुरानो सांस्कृतिक संस्था नारायणी कला मन्दिरले रोपाइँ जात्रा आयोजना गर्दै आएको छ । ‘रोपाइँ सकिएपछि फुर्सद पनि हुन्छ ।

धनकुटामा मनाइयो रोपाइँ जात्रा (तस्वीरहरू)

धनकुटा : गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा शुक्रबार धनकुटामा मनाइएको छ। धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्रा बजार परिक्रमा गरी बसपार्कमा पुगेर समापन भएको थियो।टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, चुवाको बोट हुँदै बसपार्कमा पुगेर समापन भएको हो।नेवारी समाजको कला संस्कृति जगर्ने गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको नेवा दे दबु धनकुटा नगर अध्यक्ष रोशन श्रेष्ठको भनाइ छ। रोपाइँ जात्रामा हातमा बीउ लिएका रो

बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–६ र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) २०८० मनाइने भएको छ । यसका लागि बौद्ध तामाङ कल्याण गुठी मुख्य संयोजक रहेको २१ सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ । शुक्रबार आयोजना गरिने सो जात्रामा १० वटा विविध विधा छुट्ट्याइएको छ, जसमा जो कोही पनि […] The post बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीमा रोपाइँ जात्रा मनाइयो

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठूलापोखरामा रोपाइँ जात्रा पर्व मनाइएको छ ।  भगवान् श्रीकृष्णको जन्म दिनको अवसरमा मनाइने रोपाइँ जात्रामा धान रोपे झैँ गरी नाच्ने, गाउने गरिन्छ ।  रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ ज्युला असारे गीत गाउँदै र नाच्दै रमाइलो गरी मनाइने गरिन्छ ।  द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती पाइने छत्रदेव ६ ठूलापोखरा चौवाको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव धनीश्वर पाण्डेले बताउ...

आज रोपाइँ जात्रा मनाइँदै

काठमाडौं : उपत्यकासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा शनिबार रोपाइँ जात्रा मनाइँदै छ।गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ। अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपेझैँ अनिय गर्दै नाचिने यो नृत्यले रोपाइँको झल्को दिन्छ।यो जात्रा मल्लकालबाट चलेको संस्कृतिविद् बताउँछन्।

कोरोना महामारीका कारण तम्घासमा रोपाइँ जात्रा भएन

१५ भदौ, गुल्मी । कोरोना महामारीका कारण गुल्मीमा यस वर्ष रोपाइँ जात्रा मनाइएन । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विभिन्न कार्यक्रम गरी मनाइने रोपाइँ जात्रा यस वर्ष महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण नगरिएको हो । सदरमुकाम तम्घासमा रहेका विभिन्न क्लब र संघसंस्था मिलेर कार्यक्रमसहित रोपाइँ जात्रा मनाउने गरिन्छ । क्लब तथा मन्दिर व्यवस्थापन समितिले श्रीकृष्णको रथ […]

गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइँ जात्राको रौनक (तस्बिरहरु)

काठमाडौँ– कोरोना महामारीका बीच काठमाडौँको  बौद्धमा रोपाइँ जात्रा मनाइएको छ। गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने परम्पराअनुसार मंगलबार रोपाइँ जात्रा मनाइएको हो। रोपाइँ जात्रा विशेषगरी नेवार समुदायले मनाउने गरेका छन्। मल्लकालीन राजा प्रताप मल्लको पालादेखि उक्त जात्रा मनाउने प्रचलन सरु भएको बताइन्छ। धान रोपाइँ सकिएको खुसीयालीमा रोपाइँ जात्रा मनाइन्छ। यो जात्रा नेवार समुदायले साँस्कृतिक पर्वको रुपमा […]

यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

काठमाडौं : गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंको बौद्धमा मनाइएको छ। बौद्धमा धुमधामका साथ मनाइने जात्राहरुमध्ये रोपाइँ जात्रा पनि एक हो। यसपालि कोभिडका कारण सर्वसाधारणलाई बौद्ध स्तुपाभित्र जान मनाही थियो। जात्रा गर्नेहरुलाई मात्र बौद्ध स्तुपा प्रवेशको अनुमति दिइएको थियो। बौद्ध स्तुपा परिसर बाहिर भने जात्रा हेर्न आउनेहरुको निकै भिड नै…

आज रोपाइँ जात्रा मनाइँदै

काठमाण्डाै - आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ । यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ । तर ठाउँअनुसार फरक-फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।

पाल्पामा रोपाइँ जात्रा

देब पचभैया/उज्यालो ।  पाल्पा, साउन २५ – पाल्पामा बुधबार बिहानैदेखि रोपाइँ जात्रा निकालिएको छ । रोपाइँ जात्रा  किसानको जात्राको रुपमा ...