आज रोपाइँ जात्रा मनाइँदै

काठमाडौं : उपत्यकासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा शनिबार रोपाइँ जात्रा मनाइँदै छ।गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ। अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपेझैँ अनिय गर्दै नाचिने यो नृत्यले रोपाइँको झल्को दिन्छ।यो जात्रा मल्लकालबाट चलेको संस्कृतिविद् बताउँछन्। 

सम्बन्धित सामग्री

आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । आज बुधबार असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर १७ औं धान दिवस मनाईंदैछ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ […]

आज रोपाइँ जात्रा मनाइँदै

काठमाण्डाै - आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ । यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ । तर ठाउँअनुसार फरक-फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।