काठमाडाैं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान जारी रहेकाे छ । बिहीबार बिहाज ७ बजेदेखि देशैभरी मतदान जारी रहेकाे हाे । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्दै गएकाे छ । देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको हाे । निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ […]
चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसीपाटी मतदान केन्द्रमा पुगेर लाइमै बसेर मिश्रले मतदान गरेका हुन् । मिश्रको मतदाता नामावली ललितपुरमा छ । मिश्र राप्रपाबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो […]
काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन् । मैवाखोला गाउँपालिका–३ सांघुस्थित श्री नारायणी मावि “ख” मतदान केन्द्रमा बिहान ७ः१५ बजे पहिलो मतदान गरेका हुन् । उनले मतदानपछि संसदको स्थायित्व, बलियो र स्थिर सरकार, लोकतन्त्रको सुदृढ़ीकरण तथा संविधानको समयानुकूल संशोधन, जेनजी आन्दोलनका सकारात्मक भावनाको सम्बोधन लगायत बलियो राष्ट्र मार्फ़त राष्ट्रिय गौरब […]
काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् । उनले कांग्रेस आफ्नो प्रतिज्ञापत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा […]