दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् । उनले कांग्रेस आफ्नो प्रतिज्ञापत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा […]