काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीर जलनको उपचार तथा पुनर्स्थापनासम्बन्धी कानुनी व्यवस्था गर्न तयार पारेको विधेयकको मस्यौदामा सार्वजनिक राय-सुझाव माग गरेको छ। मन्त्रालयको साउन २८ गतेको निर्णयअनुसार ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि सरोकारवाला निकाय तथा सर्वसाधारणले सुझाव दिन सक्नेछन्। मन्त्रालयले विधेयकको मस्यौदा अध्ययन गरी राय, सुझाव […]
२८ साउन, काठमाडौं । सिटिजन बैंककी नङ्गशल तामाङ र एपीएफकी रिहाना सेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता २०८३ को महिला युगलतर्फ अन्तिम आठमा प्रवेश गरेको छ ।
सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा …
काठमाडौँ। सरकारद्वारा गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच लघुवित्तसँग सम्बन्धित समस्या समाधानका लागि सात बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयको सुवर्णहलमा बुधबार भएको वार्तामा लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीसँग सम्बन्धित समस्या अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो। अर्थमन्त्रीस्तरको निर्णयअनुसार गठित सरकारी […]
गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । […]