प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेकपा (एमाले)का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिव वासुप्रसाद कोइराला लगायतको उपस्थिति थियो । […]