काठमाडौं- नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई मोबाइल एप्लिकेशन्समै डिजिटल कार्ड उपलब्ध गराएको छ। महाधिवेशनमा आएका प्रतिनिहरूलाई पहिले सूर्य एप्समा डिजिटल कार्ड पठाएर मात्रै परिचय पत्रको डोरी र झोला उपलब्ध गराउन थालेको हो। सबै प्रतिनिधि कार्ड तयार भइसकेपछि सम्बन्धित प्रदेश कमिटीका अध्यक्ष वा सचिवमार्फत् बुझाउने प्रक्रिया जारी रहेको केन्द्रीय संगठन विभागले जानकारी दिएको छ। […]