चितवनमा मदिरा तथा सूर्तीजन्य पदार्थबाट जेठमा साढे २ अर्बभन्दा बढी राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले चालु आर्थिक वर्ष ०७९÷८० को जेठमा साढे २ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यालयले दिएको तथ्यांक अनुसार उक्त महीनामा सबैभन्दा बढी मदिरा तथा सूर्तीजन्य पदार्थको करबाट २ अर्ब ६४ करोड ७३ लाख ९९ हजार राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व विभागले उक्त महीनामा यो शीर्षकमा ३ अर्ब ७ करोड ३९ लाख ५१ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिएको थियो ।  यस्तै मूल्य अभिवृद्धि करबाट जेठमा १७ करोड १५ लाख ११ हजार राजस्व असुली भएको छ । यस शीर्षकमा विभागले २४ करोड ८६ लाख १६ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिएको थियो । आयकर शीर्षक र स्वास्थ्य सेवा करमा भने कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन गरेको छ । विभागले कार्यालयलाई आयकरमा १५ करोड १२ लाख ५४ हजार रुपैयाँ लक्ष्य दिएकोमा जेठमा २० करोड २३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । स्वास्थ्य सेवा करमा २० लाख ७३ हजार लक्ष्य दिएकोमा ५१ लाख ८४ हजार रुपैयाँ संकलन भएको छ ।  कार्यालयका अनुसार बहाल कर शीर्षकमा ५६ लाख ८१ हजार लक्ष्य दिएकोमा ३५ लाख ९३ हजार रुपैयाँ असुली भएको छ । यस्तै, ब्याज कर शीर्षकमा ५१ लाख ८६ हजार लक्ष्य दिइएकोमा ३७ लाख ३६ हजार राजस्व असुली भएको छ ।  यी सबै शीर्षकमा जेठमा विभागले दिएको लक्ष्यभन्दा १३ दशमलव ५ प्रतिशत कम राजस्व असुली भएको हो । उक्त महिनाको लागि ३ अर्ब ४८ करोड ६७ लाख ४३ हजार लक्ष्य दिइएकोमा कार्यालयले ३ अर्ब ३ करोड १६ लाख ५६ हजार रुपैयाँ मात्र राजस्व असुली गरेको छ ।  कार्यालयका सूचना अधिकारी विष्णु रावतले विगतका महीनामा भन्दा जेठमा कर असुलीमा सुधार आएको बताए । ‘यो महीना पेय पदार्थ तथा सूर्तीजन्य पदार्थको निकासी पनि बढ्यो,’ उनले भने, ‘आयकर तिर्ने करदातालाई पनि हामीले ताकेता गर्याैं ।’  जेठमा मदिरा तथा सूर्तीजन्य र अन्य पेय पदार्थको निकासी बढी भएकोले गत महीनाको तुलनामा राजस्व असुली लक्ष्यमा सुधार आएको उनको भनाइ छ । वैशाखमा कार्यालयले लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व असुली गरेको थियो ।  चितवनको सबैभन्दा बढी राजस्वको श्रोत मदिराजन्य पदार्थ भएकोले यस शीर्षकमा बढी कर असुली हुने गरेको छ । सूर्तीजन्य उद्योग तथा कारखानाले स्वास्थ्य जोखिम कर तिरेकोले जेठमा स्वास्थ्य सेवा करमा लक्ष्यभन्दा बढी कर असुली भएको रावतले बताए ।  विभागले चालू आवको लागि २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा हालसम्म १९ अर्ब ७३ करोड २५ लाख ५४ हजार असुली भएको कार्यालयले जनाएको छ । 

सम्बन्धित सामग्री

अब वडाबाटै मालपोतको राजस्व संकलन

रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ। मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताए। ‘थोरै...

नौ करोड राजस्व संकलन

म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ […]

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

निरन्तर घट्दै राजस्व संकलन

विराटनगर भन्सारले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

११ लाख राजस्व संकलन

रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारवाहीबाट राजस्व संकलन गरिएको छ । जसमध्ये सबैभन्दा […]

जोखिमकै बीच धेरै राजस्व संकलन

यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणकै समयमा ठूलो मात्रामा राजस्व संकलन गरेको छ।...

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]