साउन ३ गते उनलाई खान मन लागेन । खोकी लाग्यो । कोरोना संक्रमणको शंकामा पीसीआर गराए । पीसीआर रिपोर्ट आउँदासम्म उनको अक्सिजन लेबल घटेर ८५ पुगेर श्वास फेर्न अप्ठ्यारो भइसकेको थियो । काठेखोला गाउँपालिका–५ को रिजालचोकमा होटल गरेर बसेका ताराखोला गाउँपालिका–२ का ६५ वर्षीय कर्णबहादुर रोका कोरोना संक्रमित भएपछि उपचारका लागि सहर जानुपर्नेमा गाउँ फर्किए ।