गैर आवासीय नपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्धको मुद्दामा अदालत पाटनले अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न र नगराउन भनेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको हो ।अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसहित ५३ जनाको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम तय गरिएको